Kanakai Online

ग्यारेजमा आगलागि ९ लाखको क्षति


आइतवार, असार १०, २०८१ |

कनकाई अनलाईन
झापाको अर्जुनधारा नगरपालिका ११ स्थित बिर्तामोडमा आईतवार बिहान आज आगलागी भएको छ ।

आईतवार बिहान ७.३५ बजे बसपार्कमा रहेको पदम बडी निर्माण ग्यारेजमा विद्युत सर्ट भई आगलागी भएको हो । बिर्तामोडका स्थानीय कमल कालिकोटेले संचालन गरेको ग्यारेजको टहरा र ग्यारेजमा रहेका पाटपुर्जा जल्दा अन्दाजी ९ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । आगो बिर्तामोड नगरपालिकाको दमकल , प्रहरी र स्थानीयको सहयोगमा बिहान ९ बजे नियन्त्रणमा आएको थियो ।

सम्बन्धित खबर