Kanakai Online

बसपार्कमा प्रहरीको लागुऔषध सचेतना


बुधवार, असार ६, २०८१ |

कनकाई अनलाईन

पछिल्लो समय झापा र अर्जुनधारा नगरपालिका वडा न।११ स्थित नयाँ बसपार्क क्षेत्रमा बढ्दो लागुऔषध प्रयोगकर्ता लाई घटाउन अस्थायी प्रहरी पोस्ट नयाँ बसपार्कले सचेतना अभियानलाई तीव्रता दिएको छ ।
यसैक्रममा अर्जुनधारा र नयाँ बसपार्कका भद्र भलादमी, समाजसेवी, बुद्धिजीवी लगायत होटल तथा पसल व्यवसायीहरू लाई एकदिवशीय लागुऔषध र सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । अस्थायी प्रहरी पोस्ट नयाँ बसपार्कका इन्चार्ज प्र। स।नि पदम बहादुर बिष्ट ले लागुऔषधको प्रयोग र यसको असर, यसबाट बच्ने तरिका, लागुऔषध बाट मानिसमा पर्ने असर, साईबर अपराध यसको प्रकार र सजाय लगायातका वारेमा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।
कार्यक्रमम भद्र भलादमी, समाज सेवी, बुद्धिजीवी, होटल तथा पसल व्यवसायीहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित खबर