Kanakai Online

सुनचादी व्यावसायी संघ सुरुङ्गामा दियाली


शनिवार, असार २, २०८१ |

कनकाई अनलाईन
नेपाल सुनचादी व्यावसायी संघ साखा सुरुङ्गाको अध्यक्षमा कुमार दियाली सर्वसम्मत चयन हुनुभएको छ ।
संघको हालै सम्पन्न सुनचादी व्यावसायी संघको १० औ वार्षिक साधरणसभाले तथा चौथो अधिवेशनबाट दियालीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । जसमा बरिष्ठ उपाध्यक्षमा राजु पाठक, उपाध्यक्षमा बिनोद बराईली, सचिवमा रोज शंकर, सहसचिवमा युवराज चिमरिया र कोषाध्यक्षमा दुर्गा दियाली रहनुभएको छ । यसैगरि सदस्यहरुमा तारा प्रसाई, डम्बर गजमेर, ज्योती श्रेष्ठ, रमेश लोहार, चन्द्र प्रसाई रहनुभएको छ । अधिवेशनले यसअघिका अध्यक्ष टिकाराम बरालले हालसम्म गरेका प्रगति वारे प्रकाश पार्नुभएको थियो भने उक्त प्रतिवेदनलाई सर्वसम्मतले पारित समेत गरिएको थियो ।
अधिवेशन इलामको हर्कटेस्थित सुन्दर पर्यटकिय स्थान गुगल रिर्सोटमा सम्पन्न गरिएको नेपाल सुनचादी व्यावसायी संघ सुरुङ्गाका कार्यसमिति सदस्य समेत रहनुभएका कनकाई उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य तारा प्रसाईले कनकाई अनलाईनलाई जानकारी दिनुभयो ।

सम्बन्धित खबर