Kanakai Online

दुवै क्षेत्रमा मलाई जिताउनु भएकोमा सबै मतदातालाई धन्यवाद, उनले भने, दुवै सिटमा त बस्न सक्दिनँ तर कुन सिट राख्ने सोच्छु।


मङ्गलवार, जेठ २२, २०८१ |

कनकाई अनलाईन
कंग्रेस आईका नेता राहुल गान्धीले सरकार बनाउन पहल गर्ने वा नगर्ने विषयमा भोलि निर्णय गर्ने बताएका छन्।

मंगलबार पत्रकार सम्मेलनमा विपक्षमा रही पार्टीलाई बलियो बनाउने कि सरकारमा जाने भन्ने प्रश्नमा राहुलले उक्त निर्णय भोलि हुने बताएका हुन‍्।

उनका अनुसार कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनसँग छलफल गरेर निर्णय मात्र लिइने छ।

ुहामी अहिले गठबन्धनमा छौं,ु राहुलले पत्रकार सम्मेलनमा जबाफ दिँदै भने, ुचुनावअघि नै इन्डिया गठबन्धनसँग ५ तारिखमा बैठक बस्ने निर्णय भएको थियो। त्यसैले भोलि नै निर्णय हुन्छ।ु

राहुल गान्धीले उत्तर प्रदेशको रायबरेली र केरलको वायानड क्षेत्रबाट लोक सभा सदस्य जितेका छन्।

यस्तै, कुन क्षेत्रको सिट राख्ने समेत निर्णय भइनसकेको उनले बताए।

ीबहmष् दबलप
ुदुवै क्षेत्रमा मलाई जिताउनु भएकोमा सबै मतदातालाई धन्यवाद,ु उनले भने, ुदुवै सिटमा त बस्न सक्दिनँ तर कुन सिट राख्ने सोच्छु।ु

रायबरेलीमा भाजपाका दिनेशप्रताप सिंहसँग गान्धीले प्रतिस्पर्धा गरेका थिए। सिंहले सन् २०१९ मा सोनिया गान्धीविरूद्ध चुनाव लडेका थिए। सोनियाले सन् २००४ देखि २०१९ सम्म जित हासिल गर्दै आएकी थिइन्।

त्यस्तै, वायानडमा उनले भाजपाका के सुरेन्द्रनविरूद्ध प्रतिस्पर्धा गरेका थिए। यसअघि यहाँ राहुलले नै चुनाव जितेका थिए।

सन् २०१९ मा यस क्षेत्रसँगै अमेठीमा पनि चुनाव लडेका थिए। तर उनी भाजपाकी स्मृति इरानीसँग हारेका थिए। उक्त क्षेत्रमा अहिले इरानी कंग्रेस उम्मेदवार किशोरी लालसँग हारेकी छन्।

सात चरणमा लोक सभाका लागि खसेको मत मंगलबार गणना भइरहेको छ।

अहिलेसम्म भाजपा नेतृत्वको एनडिएले ७१, कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनले ४१ र अन्य दलले ५ सिटमा जितिसकेको हिन्दुस्तान टाइम्सले जनाएको छ। बाँकी क्षेत्रमा मतगणना जारी छ।

लोक सभामा ५४३ सिट छ भने सरकार बनाउन बहुमतका लागि २७२ सिट चाहिन्छ।

सम्बन्धित खबर