Kanakai Online

एमाले अर्जुनधारामा प्रधान निर्वाचित


सोमवार, जेठ २१, २०८१ |

कनकाई अनलाईन
आगामी तीनवर्षे कार्यकालका लागि नेकपा एमाले अर्जुनधारा नगर कमिटीको अध्यक्षमा बीर्खबहादुर प्रधान निर्वाचित हुनुभएको छ ।

आइतवार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम अनुसार १४१ मत प्राप्त गर्दै कोशी प्रदेशका पूर्व प्रदेशसभा सदस्यसमेत रहनुभएका प्रधान विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी तारा खतिवडाले ११४ मत ल्याउनुभयो । अध्यक्षका अर्का उम्मेदवार लोकनाथ गौतमले ४७ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा रमेशकुमार त्रिखत्री दर्जी सर्वाधिक १८४ मतका साथ विजयी बन्नुभयो । उहाँले प्रतिस्पर्धी बीरबहादुर राईलाई ६६ मतले पराजित गर्नुभयो । राईले ११४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

सचिवमा १७१ मतका साथ श्रीप्रसाद नेपाल विजयी बन्नुभयो । उहाँका प्रतिस्पर्धी नगेन्द्र खनालले १२४ मत प्राप्त गर्नुभयो । त्यस्तै उपसचिवमा भानु मिश्र १४५ मत ल्याएर विजयी हुनुभयो । उहाँले नेत्रप्रसाद पौडेललाई ४ मतले पराजित गर्नुभयो । पौडेलले १४१ मत ल्याउनुभएको थियो । कुल ३२३ मतदाता मध्ये ३११ जनाले मतदानमा सहभागि बनेको निर्वाचन समितिले जनाएको छ ।

सम्बन्धित खबर