Kanakai Online

नगरपालिका स्तरीय नन रेटिङ चेस प्रतियोगिताको उपाधि उत्तमलाई


शनिवार, जेठ १९, २०८१ |

कनकाई अनलाईन
शिवसताक्षी । शिवसताक्षी नगरपालिका स्तरीय नन रेटिङ चेस प्रतियोगिताको उपाधि शिवसताक्षी ११ का उत्तम चङवाङले हात पारेका छन् । शिवसताक्षीको दूधेमा दुई दिवशीय चेस प्रतियोगितामा ५ अंक सहित उनले उपाधि हात पारेका हुन् ।
त्यस्तै शिवसताक्षी ८ का विशेष थापा द्वितीय र शिवसताक्षी ११ का भिम थाम्सुहाङ तृतीय भएका छन् । उनीहरुले क्रमशः ६ हजार, ४ हजार र ३ हजार नगद सहित प्रमाण पत्र प्राप्त गरेको आयोजक शिवसताक्षी चेस क्लबले जनाएको छ । विजयी खेलाडीहरुलाई शिवसताक्षी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष डिल्ली फेम्बुले पुरस्कार वितरण गरेका थिए
त्यसैगरी प्रतियोगितामा महिला प्रथम विम्बा राई, अन्डर सिक्टिन प्रथम आयुस गुप्ता र भेट्रान प्रथम पदम प्रसाद दाहाल रहेको शिवसताक्षी चेस क्लबका अध्यक्ष लाहानसिं तुम्बापोले जानकारी दिए । उनीहरुले नगद २÷२ हजार सहित प्रमाण पत्र प्राप्त गरे । प्रतियोगितामा चौथो देखि दशौ स्थानसम्म हासिल गर्ने खेलाडीरुलाई जनही नगद २ हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगितामा उदयमान खेलाडीका रुपमा सौगात विष्ट घोषित भए । प्रतियोगितामा आरविटर रविन्द्र चेम्जोङले सहजीकरण गरेका थिए ।
प्रतियोगिता शिवसताक्षीको दुधेमा सञ्चालन भएको थियो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन शिवसतक्षीमा पुनः दाहाल
१९ जेष्ठ
शिवसताक्षी । नेपाल राष्ट्रिय शिक्षक संगठन शिवसताक्षीको अध्यक्षमा पुनः रमेश दाहाल चयन भएका छन् ।
शिवसताक्षीको दूधेमा भएको दोस्रो अधिवेशनबाट दाहाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । त्यस्तै उपाध्यक्षमा खगेन्द्रबहादुर दाहाल, महिला उपाध्यक्षमा ताराकुमारी लावती चयन भएका छन्।
सचिवमा अर्जुन भट्टराई, कोषाध्यक्षमा कमल भट्टराई, सह सचिवमा विमला बराल निरौला र सह कोषाध्यक्षमा लोककुमारी डाँगी सर्व सम्मत चयन भएको निर्वाचन मण्डलले जनाएको छ ।
त्यस्तै आजै भएको अधिवेशनबाट सदस्यहरुमा होमनाथ न्यौपाने, कमलप्रसाद ढकाल, किरणचन्द्र कार्की, अनिल आचार्य, भाष्कर अधिकारी, मोहन तिम्सिना, कमलप्रसाद भट्टराई, गुरुप्रसाद पौडेल, रुपसुन्दर सेर्मा, अनिलकुमार मिश्र, नारायण भट्टराई, विद्यादेवी न्यौपाने रहेका छन् । त्यसैगरी महिला सदस्यहरुमा डम्बरकुमारी कार्की, रञ्जना घिमिरे, गीता खरेल संग्रौला, उमिल सुन्दार रहेको नव निर्वाचित अध्यक्ष रमेशकुमार दाहालले जानकारी दिए ।
दोसो अधिवेशनका अवसरमा शिवसताक्षीमा शिक्षा सेवा आयोगबाट सिफारिस भएका शिवसतक्षीमा कार्यरत ९ जना शिक्षकहरुलाई बधाई तथा शुभकामना दिदैं बधाई पत्र प्रदान गरिएको थियो । उनीहरुलाई नेपाल राष्ट्रिय शिक्षक संगठन झापाको अध्यक्ष द्रोणकुमार श्रेष्ठ र शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले प्रदान गरेका हुन् ।
बाधाई पत्र प्राप्त गर्ने शिक्षकहरु गंगामाया ढकाल,गोमा कडरिया, अञ्जना आङ्देम्बे, इन्दिरा पौडेल, शर्मिला सुन्दास, निलु लिम्बु, कृष्णप्रसाद पोख्रेल, दिनेश घिमिरे र श्याम कट्टेल रहेका छन् । अधिवेशन शिवसताक्षीको दूधे स्थित श्री रा.र.मा. माविमा भएको थियो ।

सम्बन्धित खबर