Kanakai Online

झापाली समाज युएसद्धारा कनकाई नगरपालिकालाई शववाहन


मङ्गलवार, जेठ १५, २०८१ |

कनकाई अनलाईन
अमेरिकामा बसोबास गर्ने नेपालीहरुको संस्था झापाली समाज अमेरिकाले झापाको कनकाई नगरपालिकालाई एक थान शव वाहन प्रदान गरेको छ ।
आज विशेष कार्यक्रमका विच अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष समेत रहनुभएको अन्तराष्ट्रिय झापाली समाज अमेरिकाका संस्थापक अध्यक्ष मुकुन्द ढुङ्गानाले कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रप्रसाद पोखरेललाई शव वाहनको चाबी हस्तानतरण गर्नुभयो ।
रोटरी क्लव अफ सुरुङ्गाको समन्वयमा उक्त शव वाहन कनकाई नगरपालिकालाई हस्तानतरण गरिएको हो । उक्त शववाहनलाई कनकाई नगरपालिकामा राखिने र आवश्यकता अनुसार कनकाई नगरपालिका र अन्य छिमेकी पालिकाहरु झापा गाउँपालिका लगायातमा समेत सेवा प्रभाह गरिने रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष शिव कडेँलले बताउँनुभयो ।
झापाबाट रोजगारीका लागि अमेरिकामा पुगेका झापालीहरुको संगठित संस्था अन्तराष्ट्रिय झापाली समाज अमेरिकामा आवद्ध झापालीहरुबाट संकलित रकमबाट यसअघिपनि पुर्वको पर्यटकिय स्थल धनुषकोटीधाम पिकनिक स्पोर्टमा महिलाहरुका लागि सौचालय निर्माण भइसकेको र झापाका अन्य स्थानहरुमा समेत रचनात्मक कार्यहरु गरिदै आएको अन्तराष्ट्रिय झापाली समाजका अध्यष मुकुन्द ढुङ्गानाले बताउँनुभयो । विदेशमा रहेका नेपालीहरुलाई स्वदेशमा लगानी भित्राउन समाजले संगठित पहल गरिरहेको समेत ढुङ्गानाले बताउँनुभयो ।

मंगलवार बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी शवबाहनको चाबी हस्तानतरण गरिएको हो । शव वाहनमा आधा रकम लगानी कनकाई नगरपालिकाको रहने छ । कार्यक्रममा बोल्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले यस क्षेत्रमा हालसम्म एउटापनि शव वाहन नभएको भन्दै सहयोगी दाता सबै झापाली समाजलाई धन्यावाद दिदै नेपालीहरुको लगानीबाट हस्तानतरण गरिएको सवारी साधनलाई यहाँका जनतालाई दुःखको वेलामा प्रयोगमा आउन लागेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि झापाका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख राजकुमार विक, सहारा नेपालका कार्यकारी निर्देशक तथा सहकारी संघका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरी, जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल र वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरी, अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुङ्गाना लगायाले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा झापा विकास मञ्चका डाक्टर आनन्द श्रेष्ठ, कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोख्रेललगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

संघका सचिव भवानीप्रसाद दंगालले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष गणेश ढकालले गर्नुभएको थियो ।

सम्बन्धित खबर