Kanakai Online

पिकअपको ठक्करले पैदल यात्री ठहरै


सोमवार, जेठ १४, २०८१ |

कनकाई अनलाईन
झापाको शिवसताक्षी नगरपालिका ९ मिलनचौकमा आइतवार राती साढे ८ बजेको समयमा पिकअपक भ्यानको ठक्करबाट घाईते बन्नुभएका पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ ।
पुर्वबाट पश्चिमतर्फ आउदै गरेको प्रदेश ३–०१०२७ च ११२१ नम्बरको पिकअप भ्यानको ठक्करबाट जिल्ला झापा शिवसताक्षी नगरपालिका निवासी अन्दाजी ६२ बर्षिय पैदलयात्री पुत्रथाम राईलाई ठक्करदिएकोमा उपचारका लागि प्रहरीले बिर्तामोडस्थित विएण्डसी अस्पतालमा लगिएकोमा उपचारका क्रममा राती ९ बजेर १५ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्करदिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर