Kanakai Online

कन्चन ज्योतिले गर्यो निर्वाचनबाटै नेतृत्व चयन


सोमवार, जेठ १४, २०८१ |

कनकाई अनलाईन
झापाको बाह्रदशी गा.पा.वडा नं ५ स्थित कन्चन ज्योति अङ्ग्रेजी माध्यामिक बिद्यालयले बिधालयको स्कुल क्याप्टेन , स्कुल भाइस क्याप्टेन,हाउस क्याप्टेन र हाउस भाइस क्याप्टेन को निर्वाचन प्रक्रियाद्वारा चयन गरेको छ ।
कक्षा १ देखी कक्षा १० सम्मको २१० मतदाता रहेकोमा २०८ मत खसेको थियो ।


बिद्यार्थीहरुलाइ सिकाइ सहजीकरण गर्ने उदेश्य अनुरुप भएको यस निर्वाचनमा बिद्यालयका समाजिक शिक्षक यादब पौडेल निर्वाचन अधिकृतको रुपमा रहनुभएको थियो।बिद्यालयका शिक्षक तथा विद्यार्थीको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा १० पदको लागी ३० जना विद्यार्थीहरुले रोचक प्रतिस्पर्धा गरेको थिए । विद्यार्थीहरुले एक बर्से कार्यकालको लागि आफ्नो नेतृत्व चयन गरेको विद्यालयका प्रीन्सिपल निमेश ढङ्गेलले जानकारी दिनुभयो।

आकृति गुराँगाइलाई ८६ मतले पराजित गर्दै स्कुल क्याप्टेनमा आर्यन कटुवाल बिजयि हुनुभयो भने गौरब बुढाथोकिलाइ ३४ मतान्तरले पराजित गर्दै स्कुल भाइस क्याप्टेनमा आयुसमा उप्रेती बिजयी हुनुभयो।यसै गरि येल्लो हाउस बाट क्याप्टेन र भाइस क्याप्टेन मा क्रमश नमन ढुङ्गेललाइ ४ मतको मतान्तर कायम गर्दै कन्चन मैनाली बिजयी हुनुभयो भने ब्रीजन थापालाई १ मतको मतान्तर कायम गर्दै सदिक्षा कडरिया बिजयी हुनुभयो।यसै गरि ग्रीन हाउस बाट क्याप्टेन र भाइस क्याप्टेन मा क्रमश रश्मि आचार्यलाई २ मतको मतान्तर कायम गर्दै सिमरन कडरिया बिजयी हुनुभयो भने मुकेश मेचेलाइ ५ मतको म्तान्तर कायम गर्दै गोभिन राजबंशी बिजायी हुनुभयो।त्यस्तै रेड हाउस बाट क्याप्टेन र भाइस क्याप्टेनमा क्रमशः कृष्ण ताजपुरियालाई ४ मतको मतान्तर कायम गर्दै पारुहाङ्ममा लिम्बू बिजयी हुनुभयो।त्यसै गरि ब्लु हाउस बाट क्याप्टेन र भाइस क्याप्टेन मा क्रमश उत्सब खरेललाइ ८ मतको म्तान्तर कायम गर्दै कौशल पौडेल बिजयी हुनुभयो भने समिर माझी ४ मतको मतन्तर कायम गर्दै परिना रसाइली बिजयी हुनुभयो। सोही दिन कक्षा १ देखि कक्षा १० सम्मका मोनिटर र भाइस मोनिटर पनि छ्नोट गरिएको थियो। विद्यालयकी इन्चार्ज रोशनी ढुङ्गेलले सहजीकरण गरेको निर्वाचन कार्यक्रममा बिजयी उमेदवार हरुलाइ विद्यालयका प्रीन्सिपल निमेश ढुङ्गेलले अबिर तथा खादा लगाएर सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।

सम्बन्धित खबर