Kanakai Online

बिर्तामोड उद्योग वाणिज्य संघको प्रवत्तामा खतिवडा


शनिवार, जेठ १२, २०८१ |

कनकाई अनलाईन
बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडालाई प्रवत्ताको जिम्वेवारी प्रदान गरिएको छ ।
संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा बसेको बैठकले खतिवडालाई प्रवत्ताको जिम्वेवारी प्रदान गरेको हो । संघले गरेका विभिन्न व्यवसायिक गतिविधि, महत्वपूर्ण निर्णय र सूचना अब एकद्वारा प्रणाली अपनाएर सार्वजनिक गरिने भएको छ । जसका लागि प्रवत्ता खतिवडालाई जिम्वेवारी दिइएको संघका अध्यक्ष न्यौपानेले बताउनुभयो ।
खतिवडा मार्वत तथा टायल्स व्यवसायी हुन् । उनी मार्वल तथा टायल्स ब्यवसायी संघ झापाको संस्थापक अध्यक्ष समेत रहेका छन् ।

सम्बन्धित खबर