Kanakai Online

नेकपा एमाले शिवसताक्षीको अध्यक्षमा दंगाल निर्वाचित


शनिवार, जेठ १२, २०८१ |

कनकाई अनलाईन
नेकपा एमाले शिवसताक्षीको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा मेदनी दंगाल निर्वाचित भएका छन् ।
त्यस्तै उपाध्यक्षमा विष्णुप्रसाद प्रसाई, सचिवमा लक्ष्मी गुरागाँई, उप सचिवमा सागर राई निर्वाचन भएका निर्वाचन समितिका संयोजक बेनुप्रसाद कार्कीले जानकारी दिए । शुक्रबार शिवसताक्षीको दुधेमा भएको निर्वाचनबाट खुल्ला सदस्यमा गंगाराम नेपाल, गायत्री प्रसाद संग्रौला,तेजेन्द्र घिमिरे, दिलिप कुँवर,भोजराज ढकाल, मनकुमार श्रेष्ठ, मित्र प्रसाद थापा निर्वाचति भएका हुन् ।


त्यसैगरी आदिबासी जनजातिबाट निर्वाचित हुनेहरुमा जयश्वर आङ्देम्बे, धनप्रसाद लावती र रामप्रसाद सुहाङ र सुरज राई रहेका छन् । दलिततर्फ अर्जुनबहादुर विश्वकर्मा महिला सदस्य कल्पना विश्वकर्मा अल्पसंख्यक तर्फ कृष्ण माझी निर्वाचित भएका छन् । लेखा समिति अध्यक्षमा प्रकाश चन्द्र पोखरेल, उपाध्यक्षमा लोकेन्द्र श्रेष्ठ, सचिवमा हेमराज पाण्डे, सदस्यहरुमा यामकुमार गौतम, ठाकुरप्रसाद ढकाल, निर्मला प्रसाई, मालती लिम्बू, महिला सचिवमा कल्पना चम्लागाई (कोपिला)सर्वम्मत भएका छन् । अन्य ४८ जना भुगोलबाट आउने सदस्यह वडाले नै सर्वसम्मत पठाइएको निर्वाचन समितिले जनाएको छ । पदाधिकार र खुल्ला सदस्यहरुमा जेष्ठ १० गते सर्वसम्मत चयन हुन नसकेपछि ११ गते निर्वाचन भएको थियो ।

सम्बन्धित खबर