Kanakai Online

लियो क्लब अफ कनकाई सुरुङ्गाले झापा गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर गर्दै


शुक्रवार, जेठ ११, २०८१ |

कनकाई अनलाईन
लियो क्लब अफ कनकाई सुरुङ्गाले झापाको झापा गाउपालिका ७ मदरगाछमा आउदो जेष्ठ १२ गते शनिबार निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ ।

झापा गाउपालिका वडा नं। ७ को आर्थिक सहयोगमा लियो क्लब अफ कनकाई सुरुङ्गाले शनिबार झापा गाउपालिका दयालधाप स्थित वडा नं। ७ को कार्यलय परिसरमा एक दिवसिय निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको आयोजक संस्थाले विहिबार सुरुङ्गामा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।
स्वास्थ्य शिविरमा स्त्री तथा प्रसुति बिशेषज्ञ डा। सोनु भारती , पायल्स फिरस ,फिस्टुला , प्रोस्टेड , पथरिया हर्निया रोग बिशेषज्ञ डा। प्रदिप कुमार यादव र वरिष्ठ मुटुरोग बिशेषज्ञ डा। उमेश यादवबाट निशुल्क स्वास्थ्य परिक्षण गरिनुका साथै रगत परिक्षण , मुटुको ईको , ईसिजी , नवजात शिशुको ईकोकार्डियोलोजी अशक्त र ज्येष्ठ नागरिकहरुका लागि सवै प्रकारका मुटुरोग सम्बन्धि उपचार गरिनुका साथै निशुल्क अौषधी वितरण गरिने क्लवका तृतीय उपाध्यक्ष तथा कार्यक्रम संयोजक सरोज ठाकुरले जानकारी गराउनु भयो ।

यश अघि क्लबले लागुअौषद सचेतना , साईवर क्राइम सचेतना , ट्राफिक सचेतना , बिद्यालयमा डेक्सबेन्च , कापि , किताव , पेन्सिल , झोला , कपडा वितरण , जाडो मौसममा समाजमा ब्ल्याङ्केट वितरण , बृक्षारोपण , आश्रमहरुमा खाध्यसामाग्री वितरण , मिनि म्याराथन प्रतियोगिता , रक्तदान जस्ता कार्यक्रम गरिसकेको र यसपटक भने ग्रामिण क्षेत्रका बासिन्दाहरुको निशुल्क स्वास्थ्य परिक्षण गरि अौषधि समेत वितरण गरेर स्वास्थ्य रहन सहयोग गर्ने उदेश्यका साथ झापा गाउपालिका ७ को सहयोगमा स्वास्थ्य शिविर आयोजना गरिएको क्लबका अध्यक्ष रमन चौधरीले जानकारी गराउनु भयो ।

शिविर खुल्ला भएकोले शिविरमा झापा गाउपालिका साथै आसपासका पालिकाका नागरिकले समेत स्वास्थ्य परिक्षण गराउन सक्ने र शिविर शनिवार विहान ८ बजेवाटै सुरुहुने क्लबका प्रथम उपाध्यक्ष सुदिप कुमार शर्माले जानकारी गराउनु भयो ।

सम्बन्धित खबर