Kanakai Online

विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि


आइतवार, वैशाख ३०, २०८१ |

कनकाई अनलाईन
। १६औँ संस्करणको शहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विर्तामोड युनाइटेड क्लब झापाले जितेको छ ।

धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा शनिबार भएको फाइनलमा झापाले विभागीय टोली एपिएफ क्लबलाई ३–० गोलले हरायो । सबै गोल दोस्रो हाफमा गरेको झापाका लागि ५१औँ मिनेटमा कप्तान आषिश चापागाइले गोलको खाता खोल्नुभयो ।

६४औँ मिनेटमा आशिष गुरुङले गोल गर्दै झापाको अग्रता दोब्बर बनाउनुभयो । इन्जुरी समयमा देबेन्द्र तामाङले गोल गर्दै झापालाई सजिलै उपाधि जिताउनुभयो । लगत्यै एपिएफले पेनाल्टीको। अवसर गुमाएको थियो ।

उपाधिसँगै झापाले पाँच लाख रुपियाँ पुरस्कार पायो । उपविजेता एपिएफले दुई लाख ५० हजार रुपियाँ पायो । वैशाख २३ गतेवाट सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागीता रहेको थियो ।

सम्बन्धित खबर