कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकामा हात्तीपाईले विरुद्धको आम औषधि खुवाउने कार्यक्रम सफल बनेको छ ।
कनकाईमा यसअघिको १२ औ पटकको अभियानमा निक्कै कम मात्रामा कनकाईमा यो औषधि सेवन गरेसगै आलोचना समेत भएको थियो । अघिल्लो पटकको अभियानमा कनकाईमा ४८ प्रतिशतले मात्रै यो औषधि सेवन गरेको पाइएको थियो । तर यसपटक १३ औ पटकको यस अभियानमा अभियानको अन्तिमदिन बैशाख २५ गते दिउसो सम्मको रेकर्डअनुसार कनकाई नगरपालिकामा ८०. ७४ प्रतिशत नागरिकले यो हात्तीपाईलेको औषधि सेवन गरेको पाइएको कनकाई नगरपालिकाका स्वास्थ्य निर्देशक नारायण अधिकारीले बताउँनुभयो । यो सङ्ख्या भनेको पुर्णतय सफल मानिने समेत अधिकारीले बताउँनुभयो । ८० प्रतिशत औषधि खानुलाई कार्यक्रम सफल मानिने र कनकाईमा यो सङ्ख्या अझ बढने समेत अधिकारीले बताउँनुभयो । कनकाईका ५१ हजार नागरिकका लागि औषधि खाएपछि औषधि कार्डनै यसपटक लागु गर्नुपरेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो ।
अघिल्ला बर्षहरुका अभियानले हामीलाई धेरै कुरा सिकाएर गयो कार्डनै जारी गर्नुपर्ने बाध्यताका बिच हामीले कार्यक्रम सफल बनाएका छौ औषधि खाएर यस अभियानलाई मद्धत गर्ने सबै कनकाई नगरवाशीप्रति हामी ऋणी छौ आगामी दिनमा समेत यस्तै साथ र सहयोगको अप्रेक्षा गरेका छौ कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई अनलाईनसग भन्नुभयो ।
औषधि खुवाउने अभियानमा कनकाईमा मात्रै अभियानको पहिलो दिन बैशाख १६ गते २८९७ जना पुरुष र २८१६ महिला सहित ५७१३ जनाले यो आम हात्तीपाईलेको औषधि सेवन गरेका थिए । यसैगरि दोस्रो दिन बैशाख १७ गते ३४१३ महिला र ३२११ पुरुष गरि कुल ६६२४ जनाले यो औषधि सेवन गरेको यसैगरि नियमित रुपमा बैशाख २५ गते हिजोमात्रै १०८८ महिला र ९८६ पुरुष गरि २०७४ जनाले यो औषधि सेवन गरेको कनकाई नगरपलिकाका स्वास्थ्य निर्देशक अधिकारीले बताउँनभयो ।यता कनकाई नगरपालिकामा हालसम्म एकजना पनि हात्तीपाईलेका बिरामी फेला नपरेको कनकाई नगरपालिका स्वास्थ्य साखाका प्रमुख खगेन्द्र दंगालले कनकाई अनलाईनलाई बताउँनुभयो ।