कनकाई अनलाईन
झापाको अर्जुनधारा नगरपालिका २ खुदुनाबरीमा मंगलवार हावाहुरी पानी सहित आएको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
झापा अर्जुनधारा नगरपालिका वडा नम्बर २ चौरासे बस्ने ५४ बर्षीय मोहन प्रसाद दुलालको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घर नजिकैको मकैबारीमा मल लगाउदै गर्दा मंगलवार करिब ४ बजेर ५० मिनेट जादाँ गड्याङगुडुङसंगै परेको चट्याङले उनलाई भेटेको थियो । दुलाललाई चट्याङ लागेर छाती तथा पेटको भागमा पिल्सिएर घाईते अवस्थामा बिर्तामोडको बिर्तासिटी अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।
उनको उपचारको क्रममा मंगलवार साँझ ६ बजेर २० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले बताउँनुभयो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरी चन्दले बताउँनुभयो ।
झापाका केही स्थानमा आज लामो समयपछि मध्यम बर्षा भएको थियो । बर्षासंगै केही स्थानमा चट्याङसमेत परेको बताइएको छ ।
यता झापाको शिवसताक्षीमा करेन्ट लागेर १८ महिनाको बालकको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका ७ का सुनिल राजवंशीको १८ महिनाका छोराको मृत्यु भएको हो। सोमबार दिउँसो खेल्ने क्रममा चलिरहेको पानी तान्ने मोटर छुँदा करेन्ट लागेर उनी गम्भीर घाइते बनेका थिए ।
बिर्ता सिटी हस्पिटल बिर्तामोडमा उपचारका लागि पु¥याउँदा चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।