कनकाई अनलाईन
पछिल्लो समय झापा र कनकाई नगरपालिका क्षेत्रमा बढ्दो लागुऔषध प्रयोगकर्तालाई घटाउन इलाका प्रहरी कार्यालय सुरुङ्गाले स्कुल स्कुलमा सचेतना अभियानलाई तीव्रता दिएको छ ।
यसैक्रममा कनकाई नगरपालिका वडा न.३ स्थित दिव्य रत्न आवासीय माविमा एकदिवशीय लागुऔषध र साईबर क्राईम सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।
इलाका प्रहरी कार्यालय सुरुङ्गा का प्रहरी प्रमुख वरिष्ठ प्रहरी नायव निरिक्षक प्रविण भट्टराई ले विद्यालयका कक्षा ८,९ र १० का ७० जना विद्यार्थी लाई लागुऔषधको प्रयोग र यसको असर, यसबाट बच्ने तरिका, लागुऔषधबाट मानिसमा पर्ने असर, साईबर अपराध यसको प्रकार र सजाय लगायातका वारेमा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा दिव्य रत्न आवासीय मा.वि. विद्यालय का पिन्सिपल तथा शिक्षकहरूको आतिथ्यता रहेको थियो । इलाका प्रहरी कार्यालय सुरुङ्गाले कनकाईका अन्य विद्यालय र आमाहरू लाई समेत यस प्रकारका प्रशिक्षणहरु नियमित रुपमा गर्दै आइरहेको छ । झापा जिल्लामा पछिल्लो समय कारागार समेत लागुऔषध मुद्धाका कैदीहरुले भरिन थालेसगै प्रहरीले लागुऔषध कारोवारीलाई पक्राउ गर्नुका साथै यसरी सचेतनाका कार्यक्रमहरु समेत गाउँ गाउँमा गर्दै आइरहेको छ ।