कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका वडा नं ५ स्थित चप्रमारीमा अवस्थित बिद्योदय अङ्ग्रेजी मा।बि ले निर्वाचन प्रणालीबाटै आफ्नो बिद्यालयमा विभिन्न पदका उम्मेदवार छनौट गरेको छ। बिध्यार्थीहरुमा पारदर्शी रुपमा लोकतान्त्रिक बिधिको अभ्यास होस् भन्ने उद्देश्यका साथ गत बैशाख १८ गते निर्वाचन सप्पन्न भएको हो।
बिद्यालयमा बिध्यार्थीहरुले फरक फरक पदको लागि उम्मेदवारी दिएका थिए। प्रत्येक पदमा चार जनाका दरले बिध्यार्थीहरुले उम्मेदवारी दिएका हुन् । जसमध्ये स्कुल क्याप्टेनमा ज्योति भट्टराई , स्कुल भाइस क्याप्टेनमा रेसिका बस्नेत , स्कुल इङलिस ल्याङ्वेज क्याप्टेनमा प्राप्ती रसाइली र स्कुल इङ्लिस ल्याङवेज भाइस क्याप्टेनमा किन्जल भट्टराई निर्वाचित भएका थिए। कक्षा नर्सरी देखि कक्षा १० सम्म संचालित यस बिद्यालयको मतदानमा भने कक्षा ४ देखि १० सम्मका बिध्यार्थीको सहभागीता रहेको थियो भने मतदान अधिकृतको रुपमा बिद्यालयका शिक्षक द्वय तारा कुमार आचार्य र लक्ष्मी अधिकारी रहनुभएको बिद्यालयका प्रीन्सिपल बिनोद उप्रेतीले कनकाई अनलाइनलाई जानकारी दिनुभयो।