Kanakai Online

वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन


शनिवार, वैशाख २२, २०८१ |

कनकाई अनलाईन
बिर्तामोड । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग ९वाइसीएल० नेपाल झापाको छैठौं जिल्ला भेला सम्पन्न भएको छ । शनिबार बिर्तामोडस्थित सिटी सेन्टरमा डेबिट शाहीको नेतृत्वमा नयाँ कार्य समिति चयन गर्दै भेला सम्पन्न भएको हो ।

शाहीको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा हिमाल विष्ट, उपाध्यक्षद्वयमा विनोद नेम्बाङ र बुद्धिमान तामाङ चयन भएका छन् । जनक ल्वागुन सचिव र सहसचिवमा प्रेम राना मगर, रुद्र राउत, सन्तोष विश्वकर्मा र समिर लिम्बु चयन भएका छन् । मेनुका राजवंशी कोषाध्यक्षमा चयन भएकी छन् । नयाँ कार्यसमितिको नामावली वाइसीएल नेपालका केन्द्रिय सदस्य डम्बर पुलामी ९कर्म० ले उद्घोष गरेका थिए ।
झापाका १५ वटै पालिकाबाट १ महिला अनिवार्यसहित ७५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको वाइसीएल नेपाल झापाका संस्थापक अध्यक्षसमेत रहेका नेकपा माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य ९अग्नी०ले जानकारी दिए ।

कार्यक्रमका बिच वाइसीएल झापाका संस्थापक तथा विभिन्न जिल्लामा संस्थापक अध्यक्षको जिम्मेवारी सम्हालेर हाल झापामा बसोबास गरिरहेका नेतृत्वलाई सम्मान गरिएको थियो ।

वाइसीएलका मेची व्युरो संस्थापक अध्यक्ष इन्द्र आङ्बो ९मौसम०, झापाका संस्थापक अध्यक्ष राजु आचार्य, पूर्व अध्यक्ष तथा संस्थापक उपाध्यक्ष डिल्ली घिमिरे ९हिक्मत०, पूर्व अध्यक्षहरु मोहन नेम्बाङ ९सञ्चार०, डम्बर पुलामी ९कर्म०, दलबहादुर तामाङ, कुमार आचार्य, तेह्रथुमका संस्थापक अध्यक्ष खड्ग कन्दङ्वा ९रोशन०, मोरङका संस्थापक अध्यक्ष कुलप्रसाद सावा ९कुशल०, संखुवासभाका संस्थापक अध्यक्ष अस्मिता तामाङ कन्दङ्वा, झापाका संस्थापक सचिव मोहन टुडु ९सरोज०, कोषाध्यक्ष निर्मला खतिवडा ९निरु० र सदस्य रञ्जिता जबेगु निङवालाई सम्मान गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव हरिबोल गजुरेलले खदा तथा सम्मानपत्रले सम्मान गरेका थिए ।

यसै कार्यक्रममा वाइसीएलले झापामा सञ्चालन गरेको एकल नृत्य प्रतियोगिताबाट टप फाइभमा पर्न सफल प्रतियोगीहरुको फिनालेसमेत सम्पन्न भएको थियो । प्रतियोगितामा प्रथम हुने दमककी सञ्जिता लिम्बुले नगद २० हजारसहित सम्मान पत्र प्राप्त गरिन् । दोस्रो हुने शिवसताक्षीका करण गदाइलीले नगद १५ हजारसहित सम्मान पत्र, तेस्रो हुने कनकाईका राजेश बस्नेतले नगद १० हजारसहित सम्मान पत्र र सान्त्वना हुने कनकाईका असरफ खान र शिवसताक्षीकी सन्तोषी राजवंशीले जनही नगद ५ हजारसहित सम्मान पत्र प्राप्त गरेका थिए ।

वाइसीएल झापाका अध्यक्ष राजकुमार विश्वकर्मा ९राजु०को अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रदेश स्कुल विभाग प्रमुख अजम्बर काम्बाङ राई, नेकपा माओवादी केन्द्र कोशीका संसदीय दलका नेता इन्द्र आङ्बो, वाइसीएल नेपालका केन्द्रिय अध्यक्ष सुबोध श्रीपाली, केन्द्रिय सदस्यहरु झलकबहादुर दर्लामी, कुलप्रसाद साम्बा लिम्बु, रञ्जित तामाङ, हरि राना, लक्ष्मी न्यौपाने सरु, सुशिला घिमिरे सामना, केन्द्रिय सदस्य तथा युवा, विद्यार्थी फ्याक्सन इञ्चार्ज मुक्साहाङ मेन्याङ्बोलगायतको उपस्थिती रहेको थियो । राजेश घतानीले सञ्चालन गरेका उक्त कार्यक्रममा करिब पन्ध्र सय युवाहरुको उपस्थिती रहेको थियो ।