Kanakai Online

कामाटोलीमा लागुऔषध कारोवारी प्रहरीको भिडन्त गोली लागेर एक घाइते


सोमवार, वैशाख १७, २०८१ |

कनकाई अनलाईन

अहिले साँझ नेपाल भारत सिमास्थित झापा गाउँपालिका ३ स्थित कामाटोलीमा लागुऔषध कारोबारीलाई पक्राउ गर्न खोज्ने क्रममा झापामा दोहोरो झडप भएको छ। भिडन्तमा प्रहरीको गोली लागेर एक कारोबारी घाइते भएका छन्।

प्रहरीका अनुसार घाइते हुनेमा करिब ३२ वर्षका अबदुल रसिद मियाँ रहेका छन्। उनको दाइने खुट्टामा गोली लागेको छ। सोमवार साँझ ६ बजेको समयमा स्थानीय अक्कलबहादु विश्वकर्माको घरमा लागुऔषधको कारोवार भइरहेको सुराक पाएसगै जिल्ला प्रहरी कार्यालय झापा, लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीमाथि लागुऔषध कारोवारीमा संलनको समुहले साथमा रहेको दाउ, र कुखुरीबाट प्रहरीलाई प्रहार गरेसगै प्रहरीले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक कृष्णकुमार चन्दले बताउँनुभयो । प्रहरीको गोलीप्रहारबाट झापा गाउँपालिका ४ स्थित खैरवारी बस्ने बर्ष २५ को सरिफुल आलमको खुट्टाको तिघ्रा र पिडुलामा २ राउण्ड गोली लागेको छ । घाईते अवस्थाका उनलाई हाल उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुरतर्फ लगिएको प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले ११६ ग्राम ६० मिलिग्राम ब्राउनसुगर, दाउ १ थान, १ थान खुकुरी बरामद गरेको छ । घटनावारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

झापा गाउँपालिका वडा नम्बर ३ स्थित कामाटोलीमा लागुऔषध नियन्त्रण ब्युरोको प्रहरी नायब निरिक्षक बालकृष्ण संजेलको टोलीले गोली चलाएको हो। पक्राउ गर्न खोज्ने क्रममा प्रहरीमाथि नै आक्रमण भएपछि सुरुमा पाँच राउन्ड हवाई फायर गरिएको, तैपनि प्रहरीमाथि आक्रमण भएपछि एक राउन्ड गोली प्रहार गरी कारोबारीलाई पक्राउ गरिएको ब्युरोका एसएसपी गोविन्द थपलियाले बताउनुभयो ।