Kanakai Online

खेलप्रेमी गौरीलालको स्मृतिमा जिल्ला स्तरीय कराते


आइतवार, वैशाख १६, २०८१ |

कनकाई अनलाईन
सुरुङ्गा । यहाँस्थित खेलप्रेमी स्वर्गिय गौरीलाल श्रेष्ठको स्मृतिमा आयोजित दोस्रो गौरीलाल श्रेष्ठ स्मृति आमन्त्रित झापा जिल्ला स्तरीय कराँते प्रतियोगितामा माईधाम डोजो प्रथम भएको छ । माईधामले प्रतियोगितामा कुल १९ स्वर्ण पदक हात पारेको छ भने दोस्रो महेन्द्ररत्न डोजो बिर्तामोडले १८ स्वर्ण पदक जितेको छ ।

यसैगरि झिलझिले डोजोले कुल १४ स्वर्णपदक जित्दै तेस्रो बनेको छ ।
यस क्षेत्रका अगुवा तथा खेलप्रेमी स्वर्गिय गौरीलाल श्रेष्ठको स्मृतिमा उहाँको परिवारद्धारा हरेक बर्ष जिल्लास्तरीय कराते प्रतियोगिता हुदै आएको छ । कनकाई नगरपालिका ३ स्थित जेसिज भवनमा आयोजित प्रतियोगिताको कोशी प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष विन्दा कार्कीले उदघाटन गर्नुहुदै राज्यलाई खेलाडीहरुले धेरैकुरा दिइसकेको भन्दै राज्यका तर्फबाट खेलाडीको जीवनस्तर र जिविको पार्जनको क्षेत्रमा केहि नसोच्ने हो भने अबका बाकी दिनहरुमा खेलाडीले राज्यलाई मात्रै दिइरहन नसक्ने अवस्था आएको बताउँनुभयो । कराते खेलले देशका लागि धेरै मेडलहरु भित्राएको बताउँदै यसरी प्रतियोगिता हुनु देशकै लागि गौरबको कुरा भएको बताउँनुभयो । खेल खेल्नु खेल्नु मात्रै नभएर स्वास्थ्य नागरिक हुनु समेत भएकोले राज्य र आफुलाई समेत खेल क्षेत्रले ठुलो योगदान पुर्याएको कार्कीले बताउँनुभयो ।

कार्यक्रममा खेलकुद विकास समिति झापाका अध्यक्ष प्रशान्त भण्डारी, कनकाई नगरपालिका ३ का वडाध्यक्ष युवराज चम्लगाई, खेलकुद विकास समिति झापाका प्रवक्ता समेत रहनुभएका कराते महासंघ जिल्लाका अध्यक्ष जगत कार्की दुर्वासा, खेलप्रेमी खड्ग कार्की, लगायातले खेल क्षेत्रलाई हेर्ने दृष्ट्रिकोण साघुरो हुदै गएको भन्दै गौरीलाल श्रेष्ठको स्मृतिमा हरेक बर्ष आयोजित यस प्रकारको प्रतियोगिताबाट खेल क्षेत्रमा अतुलनीय योगदान पुगेको बताउँनुभयो । यसैविच आयोजक समिति इलुवाबारी सितोरियो कराँते डोजोको तर्फबाट यसरी प्रतियोगिता सम्पन्न गर्न आर्थिक सहयोग गरेको भन्दै स्वर्गिय गौरीलाल श्रेष्ठका परिवार प्रविन श्रेष्ठ, पुजा श्रेष्ठ, चन्द्राकुमारी श्रेष्ठ लगायातलाई सम्मान समेत गरिएको थियो । इलुबारी कराँते डोजोको आयोजना सुरुङ्गा जेसिजको सहआयोजना, तथा समन्वय तथा प्राविधिक सहयोग झापा जिल्ला कराते महासंघको रहेको प्रतियोगितामा विभिन्न ९ इभेन्टमा झापाका १८ कराते डोजोका ३ सय ५० खेलाडी सहभागि रहेका थियो । प्रतियोगिताको सभापतित्व स्वर्गिय गौरीलाल श्रेष्ठका ज्वाई समेत रहनुभएका कराँते प्रशिक्षक राजेश योङहाङले गर्नुभएको थियो ।
कनकाई अनलाईनका लागि समिर आलमको यो रिर्पोट