Kanakai Online

श्री बराईली कुल बंशको श्रीमदभागवत कोटीहोममा


आइतवार, वैशाख १६, २०८१ |

समिर आलम
झापाको कनकाई नगरपालिका ४ स्थित ठाडाराई अधिकारी बन्धु भवनमा श्री बराईली कुल वंश प्रतिष्ठान केन्द्रिय समितिको आयोजनामा श्रीमद्भागवत महापुराण सम्पन्न गरिएको छ ।


यहि बैशाख ८ गतेदेखि १५ गतेसम्म आयोजित उक्त श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा देशभरका श्री बराईली बन्धुहरुको सहभागिता रहेको थियो ।
बन्धुहरुको आफ्नै भवन बनाउन र जग्गा खरिदको पवित्र उद्धेश्य राखेर आयोजित उक्त महापुराणमा पंण्डित अर्जुन शंकर महाराजजीको प्रमुख वाचक र पंण्डित मेघनाथ कालिकोटेको उपवाचकमा साताव्यापी संगितमय महापुराण लगाइएको थियो । कनकाई माईको जल ल्याएर सुरुङ्गा बजार परिक्रमा गरि सुरु गरिएको उक्त महापुराणमा दाताहरुलाई सम्मान समेत गरिएको श्री बराईली कुल वंश प्रतिष्ठानका केन्द्रिय अध्यक्ष बिनोद बराईलीले बताउँनुभयो ।


महापुराणमा ज्ञात अज्ञात पितृहरुको मोक्ष प्राप्तिको समेत पवित्र उद्धेश्य राखेर महापुराण लगाइएको र अबको केहि दिनभित्रैमा महापुराणको आयव्याय सार्वजनिक गरिने श्री बराईली कुल वंश प्रतिष्ठानका केन्द्रिय सचिव मोहन बराईलीले बताउँनुभयो । संगितमय महापुराणमा हरेक दिन संगितमय कथा वाचन, मुलपाठ, मण्डप पुजा, हरेक दिन राष्ट्रिय अन्तराष्ट्रिय कलाकारद्धारा झाँकी प्रस्तुत, बटुकहरुको ब्रतबन्ध, गुन्युचोली कार्यक्रम लगायातका धार्मिक कार्यक्रमहरु सम्पन्न गरिएको आयोजक समितिका उपाध्यक्ष नारायणप्रसाद बराईलीले बताउँनुभयो ।