कनकाई अनलाईन
झापाकै बढी विद्यार्थी सङ्ख्या रहेको यहाँस्थित कनकाई माध्यमिक विद्यालयका शिक्षक, कर्मचारी, पिटिए सदस्य तथा सञ्चालक समितिका सबै विद्यार्थीहरुलाई कनकाई मावि अथवा सरकारी विद्यालयमा मात्रै अध्यान अध्यापन गराउने भएका छन ।
विद्यालयमा बिहिवारदेखि सुरु भएको विद्यार्थी भर्ना अभियानको सुभारम्भ गर्दै कार्यक्रममा विद्यालयका प्रधानध्यापक कर्णबहादुर डाँगीले स्कुल सञ्चालक सहितिका सदस्य तथा शिक्षक कर्मचारीहरुले कतिपयले आफ्ना नानीहरुलाई अन्यत्र महगो बोर्डिङ स्कुलमा अध्यापन गराउदै आएको र कतिपयले छोरालाई बोडिङ छोरीलाई सरकारी स्कुल जस्ता उदाहरण हुन थालेको भन्दै कनकाई माविका सबै शिक्षक, अभिभावक समितिका सदस्य तथा कर्मचारीका एकाघरका सबै विद्यार्थीहरु छोरा नाती समेत यहि स्कुलमा भर्ना गर्ने निर्णय गरेको बताउँनुभयो । साथै यस आर्थिक बर्षको विद्यार्थी भर्ना अभियानलाई कसरी सफल बनाउने भनेर सर्वपक्षिय छलफल समेत गरिएको छ ।
जसमा एमालेका जिल्ला सदस्य तथा कनकाई नगर इन्चार्ज रविन्द्र लम्साल, माओवादीका कनकाई नगर सचिव विष्णुप्रसाद बिमली, राप्रपाका नगर अध्यक्ष टिकाराम बराल, सचिव रोषन उप्रेती, कनकाई माविका पुर्व प्रअ गोपिकृष्ण भट्टराई, पुर्वविद्यार्थी समेत रहनुभएका पत्रकार महासंघका प्रदेश सदस्य लीलाराज झापाली लगायातले आआफ्नो धारणा राख्नुहुदै विद्यार्थी भर्ना मात्रै नभएर गुणस्तरीय शिक्षा, र खाजा खुवाउने र विद्यार्थीलाई १० बर्षसम्म निरन्तर कसरी टिकाउने भन्नेवारेमा समेत सरोकारवालाहरुको ध्यान जान जरुरी भएको बताउँनुभयो ।
यदाकदा सरकारी स्कुलले समेत मनग्गे रकम असुलेको भन्ने हल्ला सुन्नमा आएको भन्दै सहभागि सरोरकारवालाहरुले विद्यालयको ध्यान आकर्षण गराएका थिए । यता विद्यालयका प्रअ कर्णबहादुर डाँगीले विद्यालयलाई बार्षिक ३५ हजार रुपैँया रकम मसलन्द खर्च भनेर आउने गरेकोमा विद्यायलयमा मासिक ७० हजार रुपैँया पानी र बिजुलीको बिल आउने तथा शिक्षक दरबन्दी सरकारले आवश्यकताअनुसार नदिदा अंग्रेजी माध्यममा अध्यान गर्न चाहने अभिभावकबाट भने केहि सिमित रकम विद्यालयले लिने गरेको बताउँनुभयो । यसैगरि विद्यालयको आफ्नो स्वामित्वमा हालपनि ५८ बिगाह जमिन रहेको र सो जमिनको विद्यालयले बार्षिक मालपोत मात्रै बुझाउदै आएको तर जग्गा कमाउनेहरुले राजनैतिक आड भरोसामा स्कुललाई बुझाउनुपर्ने भाडा तथा धान नदिदा स्कुल थप आर्थिक मारमा परिरहेको बताउँनुभयो । हामीलाई स्कुलको जमिन जजसले बषौदेखि कमाएर तिर्नु बुझाउनुपर्ने भाडा बुझाउनु भएको छैन त्यो तिरिदिने हो भने हामी विद्यार्थीमा त्यो रकम खर्च गर्ने थियौ ।
प्रअ डाँगीले भन्नुभयो । यसैविच विद्यालयको जग्गा कमाउने र लामो समयदेखि कर नर्तिनेहरुको लिस्ट तयारी गरि सोको वारेमा अध्यान अनुसन्धान गर्दै रकम उठाउनका लागि विद्यालयले व्यापक सरोकारवालाहरुको छलफल गर्ने र निष्र्कषमा पुग्ने भएको छ । कार्यक्रमको सञ्चालक विद्यालयका सहायक प्रअ हरिप्रसाद तिम्सिनाले गर्नुभएको थियो ।
विद्यालयकी पिटिए सदस्य खगमाया चापागाईको सभापतित्वमा आयोजित कार्यक्रममा, कनकाई नगरपालिका वार्डनम्बर ३ का वडासदस्य गोविन्द सुवेदी, विद्यालय सञ्चालक समिति अध्यक्ष चन्द्रप्रसाद प्रसाई, विद्यालय सञ्चालक समिति सदस्य दिलिप घतानी, पिटिए सदस्य दिपेन्द्र पराजुली लगायातले भर्ना अभियानका वारेमा सुझाव दिनुभएको थियो ।