कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका १ स्थित कनकाई नगरपालिकाको कार्यालय अगाडि रहेको कृष्ण हरि मार्गमा ओली परिवारद्धारा २ करोड ५० लाख मुख्य बराबरको ५ नकठ्ठा जमिन दान गरेका छन ।
लप्टन रामचन्द्रका .दुई भाई छोरा मध्ये लप्टन हरिप्रसाद ओली र डिठ्ठा लक्ष्मीप्रसाद ओलीका सन्तानहरु मध्येका डिठ्ठा लक्ष्मीप्रसादका सन्तानबाट उक्त जमिन ओली वंश समन्वय समिति नेपाल, ओली वंश कुल मन्दिर तथा ओली वंश सामुदायिक भवनका लागि उक्त जमिन प्रदान गर्नुभएको ओली वंश समन्वय समिति नेपालका केन्द्रिय सदस्य अनिरुद्र ओलीले बताउँनुभयो ।
जसको दाताहरुमा कृष्णप्रसाद ओली तथा हरिमाया ओलीका सन्तानहरु गोपालप्रसाद ओली, राजु ओली, बद्रीप्रसाद ओली, निमेश ओली र अनुप ओली यसैगरि देविप्रसाद तथा खगमाया ओलीका सन्तानहरु सुर्यप्रसाद ओली, प्रकाश ओली तथा सुरज ओली तथा गंगाप्रसाद अथा लीलादेवि ओलीका सन्तानहरु गणेश तथा विनोद ओलीले यसरी करोडौ मुल्यको जमिन ओली वंश परिवारलाई सामाजिक कार्यका लागि दान गर्नुभएको हो । यसैविच दाता परिवारका तर्फबाट विशेष पुजा अर्जनाका साथ दान गरिएको जमिनमा सामुदायिक भवन तथा कुलदेउता उपमन्य गोत्रिय ओलीको मुल मन्दिरसहितको संरचना निर्माणको शिल्यान्यास सुरु गरिएको छ ।
शिलान्यास कार्यक्रममा दाता परिवार तथा ओली वंश समन्वय समिति नेपालका केन्द्रिय अध्यक्ष उमेशचन्द्र ओली, जिल्ला समन्वय समितिका अध्यक्ष भवानी प्रसाद ओली, केन्द्रिय महासचिव मोहनप्रसाद ओली, संरक्षक सरोजकुमार ओली, केन्द्रीय सदस्य अनिरुद्र ओली, केन्द्रिय सल्लाहकार उमानाथ ओली, रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानका केन्द्रिय अध्यक्ष गंगाप्रसाद ओली, महासचिव तुलसीराम ओली, कोषाध्यक्ष यज्ञराज ओली, ओलीबन्धु तथा समाजसेवी श्याम ओली, कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्यामप्रसाद ओली लगायातका सामाजिक व्याक्तित्वहरुको सहभागिता रहेको थियो । यसरी आफ्नो बन्धुका लागि करोडौको जमिन दान गरेर ओली बन्धुहरुको संस्थाग विकास र कुलदेउता मन्दिर सामुदायिक भवन बनाउने हौसला प्रदान गरेको भन्दै दाताको सम्मानका लागि पनि जतिसक्दो चाडो उक्त क्षेत्रमा भवन र मन्दिर बनाई छाडने ओली वंश समन्वय समितिका जिल्ला सचिव राजेन्द्र ओलीले बताउँनुभयो । ओली परिवारले दान गरेर सामुदायिक भवन बनाएपनि अन्य बन्धु र सामाजिक संघ संस्थाले समेत कार्यक्रम बिहे, शुभकार्य गर्नका लागि उपयुक्त भवन बन्ने दाता परिवारका अनुप ओलीले कनकाई अनलाईनलाई बताउँनुभयो । ओली परिवारले आफ्ना बन्धुहरुको कल्याणका लागि यति ठुलो रकमको जमिन दान गरेसगै ओली बन्धु समाज सामुदायिक भवन निर्माणमा जुटेको छ ।