कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकामा लियो क्लव अफ कनकाई सुरुङ्गाले आयोजना गरेको मिनि म्याराथुनको उपाधि धरानका प्रशान्त तामाङ्गले जित्नुभएको छ ।
मानिसको स्वास्थलाई ध्यानमा राख्दै कनकाई सुरुङ्गामा लियो क्लवले पहिलो पटक मिनि म्याराथुन प्रतियोगिता आयोजना गरेको हो ।
सुरुङ्गा चोकबाट दक्षिण टप्पु चोक , चारआली चोक गोहिखाडी हुँदै पुन सुरुङ्गा चोक सम्म ७ किलोमीटर दुरिको दौडमा जम्मा ५४ जनाको सहभागीता रहेको थियोे । दौडमा धरानका १९ वर्षिय प्रसान्त तामाङ्ग प्रथम हुनुभएको छ । उपाधिसगै तामाङ्गले नगद २० हजार रुपैयाँ प्राप्त गर्नुभयो ।
त्यस्तै प्रतियोगितामा दमकका २० वर्षिय सरोज सिङ्ग द्वितीय र बिर्तामोडका १९ वर्षिय सुख देव टुडु र २० वर्षिय शिव कार्की तेस्रो हुनुभयो । उहाँहरुले नगद १० हजार र ५ हजार रुपैँया प्राप्त गर्नुभयो ।
कार्यक्रमका विजेतालाई कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटी , लायन्स ३२५ सि का द्वितीय डिस्ट्रिक गर्भनर लिलाप्रसाद चिमरिया , वडा नं. ३ का वडा अध्यक्ष युवराज चौलागाईं लगायतले नगद र शिल्ड प्रदान गर्नुभयो ।
कार्यक्रममा लियो क्लवका ३२५ सि का अध्यक्ष प्रवेश वास्ताकोटी , सचिव संजय जंग थापा लगायतले पुरस्कार वितरण गर्नुभएको थियोे ।
कार्यक्रममा लायन्स क्लब अफ कनकाई सुरुङ्गाका पुर्व अध्यक्षहरु रुपनारायण खतिवडा , साजन थापा , लायन्स क्लब अफ कनकाइ सुरङ्गाका अध्यक्ष संजय गजुरेल , लायन्स क्लब अफ कनकाई दुर्गापुरका द्वितीय उपाध्यक्ष भुवन खतिवडा , ईलाका प्रहरी कार्यलय सुरुङ्गाका प्रमुख प्रविण भट्टराई , टंक प्रसाद दाहाल लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश म्याराथुन दौड प्रतियोगिताका संयोजक रोषन प्रसाईले पार्नु भएको थियो भने कार्यक्रमको संचालन क्लबका सचिव मिना कुमारी दासले गर्नुभएको थियोे ।
स्वास्थका लागि खेल कार्यक्रम अन्तर्गत आयोजित उक्त म्याराथुन आगामि बर्षहरुमा समेत निरन्तता दिदै जाने आयोजक संस्थाले जनाएको छ ।