कनकाई अनलाईन
विश्वको सबैभन्दा धेरै सदस्य सङ्ख्या रहेको लायन्स क्लवको सन २०२४/२५ को सेकेन्ड भाईस डिस्ष्ट्रिक गभर्नरमा झापा कनकाई सुरुङ्गाका लीला चिमरिया अत्याधिक मतका साथ बिजयी भएका छन ।
यो सगै चिमरिया अबको २ बर्षपछिको लायन्सको गभर्नर बन्ने पक्का भएको छ । हिजो बिराटनगरमा लायन्सको एकमात्र पदमा भएको निर्वाचनामा चिमरियाले अत्याधिक मतका साथ बिजयी बनेका हुन । चिमरियाले जम्मा १८७ मत खसेकोमा अत्याधिक १४७ मत प्राप्त गर्नुभएको थियो । उहाँका प्रतिद्धन्द्धी उर्लावारी लायन्सका कोमल शाक्यले ३९ मत मात्रै प्राप्त गर्नुभयो । खसेको मतमा १ मत बदर भएको थियो । लायन्समा २ बर्ष पछिको गभर्नरका लागि २ बर्ष पहिलेनै चुन्ने चुनिने प्र्रावधान रहेको छ । चिमरिया यस क्षेत्रका लोकप्रिय युवा नेतृत्वमा तथा सामाजिक व्याक्तित्वका रुपमा चिनिनुहुन्छ । उहाँले सन २००८ मा सुरुङ्गा जेसिजको स्थापना गर्नुभएको थियो । भने चिमरिया सहारा सर्पदंश उपचार केन्द्रका हालका अध्यक्षका रुपमा समेत रहनुभएको छ । चिमरिया श्रीमत लता चिमरिया सहित २ छोरी र १ छोराका साथ झापा सुरुङ्गामा बसोबास गर्दै आउनु भएको छ ।