कनकाई अनलाईन
कनकाई नगरपालिकामा पुराना दलहरुलाई एकपछि अर्को झडका लाग्न छाडेको छैन । गत संसदीय निर्वाचनमा समेत राष्ट्रिय स्वतन्त्र पार्टीका सम्भु ढकाललले सबैभन्दा वढी मत ल्याएर कनकाई नगरपालिकामा पुराना दलसग यहाँका जनता खुसी छैनन भनेर प्रमाणित गरिरहेको बेला यसपछिका निर्वाचनमा दलले समर्थन गरेका सबै उम्मेद्धारहरुले कम्तीमा अध्यक्ष र मुख्य पदहरुमा हराइदिदै आएका छन ।
यसैक्रममा नेपालकै चर्चित मानिने जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसार तथा पर्यटकिय संस्थाको आजै राती गणनाभएको मत परिणाममा शेरबहादुर थापा प्यानलबाट स्वतन्त्र रुपमा उम्मेद्धारी दिनुभएका अध्यक्ष परशुराम गिरी र सचिवमा दिपक ओली अत्याधिक मतका साथ बिजयी हुनुभएको छ ।
जम्मा ८५१ मतदातामध्ये ८०९ मतदाताले मतदान गरेको यस सामुदायिक वनको निर्वाचनमा दोब्बर भन्दा बढी मतका साथ अध्यक्षमा स्वतन्त्र तर्फका परशुराम गिरी निर्वाति हुनुभएको छ । अध्यक्षमा गिरीले ४३१ म्त ल्याएर बिजयी हुदा उहाँकी निमत्तम प्रतिद्धन्द्धी नेकपा एमालेकी सीता भट्टराईले मात्रै १९२ मत ल्याउनुभयो । यसरी दोब्बरभन्दा बढी मतअन्तरले परशुराम गिरी बिजयी हुदा अर्का अध्यक्षका प्रत्यासी नेपाली कांग्रेसका बुद्धिमान बोहोराले १४२ मत मात्रै ल्याउनुभयो ।
यता सचिव पदमा समेत स्वतन्त्रकै दिपक ओलीले २९८ मतका साथ बिजयी हुदा उहाँका प्रतिद्धन्द्धी कांग्रेसका समर्थित उम्मेद्धार यशनाथ अधिकारीले २२१ मत र एमाले समर्थित दिपक बोहोराले २१५ मत मात्रै ल्याउनुभएको निर्वाचन समितिका संयोजक दधिराम पोखरेलले बताउँनुभयो ।
यता उपाध्यक्ष पदमा भने एमाले समर्थित रेनुका खवास २६९ मतका साथ बिजयी हुनुभयो भने , कोषाध्यक्ष पदमा नेपाली कांग्रेस समर्थित उम्मेद्धार चेतकुमारी सापकोटा ३४३ मतका साथ बिजयी हुनुभयो ।
उहाँहरुको प्रतिस्पधीहरुले उपाध्यक्षमा कांग्रेसकी तारा कोइरालाले २२१ र परशुराम पक्षकी चन्द्रा बुडाथोकीले २२७ मत ल्याउनुभयो । यसैगरि कोषाध्यक्षमा एमाले पक्षकी इन्दिरा पाण्डे भण्डारीले २४६ मत मात्रै ल्याउनुभयो ।
अन्य टोल समितिका सदस्यपदहरुमा कांग्रेस प्यानलका अर्जुन गिरी क्षेत्र २, क्षेत्र ४ बाट सदस्यमा कांग्रेसकै दिलबहादुर गिरी बिजयी हुनुभएको छ । सदस्य पदहरुमा भने सर्वसम्मत समेत भएको थियो ।
यता यसअघि कनकाई नगरपालिका क्षेत्रमा भएको अन्य पछिल्ला निर्वाचनमा यस क्षेत्रको सबैभन्दा वढी सदस्य रहेको सुरुङ्गा खानेपानी तथा सरसफाई संस्थाको निर्वाचनमा अध्यक्षको पदमा स्वतन्त्र गणतान्त्रिक समुहका संरक्षक समेत रहनुभएका भीमप्रसाद अधिकारी अन्य पार्टीका उम्मेद्धारलाई हराउदै बिजयी हुनुभएको थियो । यसैगरि पुर्वकै चर्चित धार्मिक संस्था कोटीहोम धार्मिक विकास संस्थाको हालै भएको निर्वाचनमा समेत स्वतन्त्र गणतान्त्रिक समुहकै संयोजक रहनुभएको शेरबहादुर थापा बिजयी हुनुभएको थियो । उहाँले कनकाईका सबै दलहरु एमाले, कांग्रेस, माओवादी, राप्रपा लगायात सबै दलका साझा उम्मेद्धारलाई अध्यक्ष र महासचिव जस्ता मुख्य पदहरुमा स्वतन्त्रले हराउदै दलका गतिविधि राम्रा छैनन भनेर यस क्षेत्रका जनताले सवक सिकाएका थिए । तेस्रो पटक समेत यहाँका प्रजापति सामुदायिक वन समुहको निर्वाचनमा समेत अध्यक्षको पदमा अन्य दलहरुलाई हराउदै स्वतन्त्र उम्मेद्धार मात्रिका पोखरेल बिजयी हुनुभयो । यो सगै यसै आर्थिक बर्षमा कनकाई नगरपालिका क्षेत्रमा भएका सबै संसदलीय निर्वाचन सगै ५ वटा ठुला निर्वाचनमा दलका सबैका सबै उम्मेद्धार कम्तीमा अध्यक्ष पदमा नराम्ररी पराजित हुन पुगेका छन ।