Kanakai Online

चर्चित पर्यटकिय क्षेत्र जामुनवारीमा निर्वाचन हुदै, तयारी तीब्र


शनिवार, वैशाख १, २०८१ |

कनकाई अनलाईन
पुर्वकै चर्चित पर्यटकिय क्षेत्र जामुनखाडी सिमसारलाई संरक्षित गरिरहेको जामुनवारी सामुदायिक वन समुहको आगामी निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन समितिले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ ।


वन समुहको कार्यकक्षमा विशेष पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी बैशाख ६ गते बिहिवार हुने निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन समितिका संयोजक समेत रहनुभएका दधिराम पोखरेलले जानकारी दिनुभयो । निर्वाचनको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगिसकेको भन्दै निर्वाचनमा समेत यहाँका दल र स्वतन्त्र गरि ३ समुह क्रमश परशुराम गिरी, सीता अधिकारी र बुद्धिमान बोहोराको नेतृत्वमा प्यानल बनाएरै निवाचनमा होमिसकेको र निर्वाचन जाने उम्मेद्धारहरुले समेत प्रचार प्रसारका वेलामा मतदानको थप प्रचार गर्ने विश्वास निर्वाचन समिति संयोजक पोखरेलले बताउँनुभयो । हामीले निर्वाचनको प्रचार लगायातको तयारीलाई तीव्र पारेका छौ तयारी अन्तिम चरणमा पुगिसकेको छ पोखरेलले भन्नुभयो । उपभोक्ताहरु कोहीपनि मतदानबाट बञ्चित नहुन भनेर भरसक सबै तयारी थालेको संयोजक पोखरेलले भन्नुभयो ।

मतदानमा आउदा अनिवार्य निर्वाचन समितिले जारी गरेको मतदाता परिचयपत्र लिएर आउनुपर्ने नियम बनाइएको समेत पोखरेलले बताउँनुभयो । नयाँ समितिले सिमसारलाई हराबरा बनाउने र पुरानै अवस्थामा फर्काउने विश्वास निर्वाचन संयोजक पोखरेलले बताउँनुभयो । मतदानका लागि विहान ८ बजेदेखि दिउसो ३ बजेसम्ममा मतदान गर्ने उपभोक्ताले आफ्नो मतदानस्थलमा प्रवेश गरिसक्नुपर्ने समेत नियम बनाइएको छ । एकाघरको श्रीमान श्रीमतीको फोटो राखेर परिचयपत्र जारी भएको र जसले लिएर मतदान गर्न आउने हो उसले मतदानमा सहभागि हुन पाउने नियम बनाइएको पोखरेलले बताउँनुभयो । निर्वाचनमा ८५१ घर उपभोक्ताले निर्वाचनमा सहभागिता जनाउदै छन । निर्वाचनका लागि नयाँ विधानले निर्वाचन समिति बनेको २१ दिनभित्र निर्वाचन गराइसक्नुपर्ने नियम भएकोले सोही समयभित्र निर्वाचन गराईसक्ने निर्वाचन समितिका सचिव इन्द्र पुलामी मगरले बताउँनुभयो । निर्वाचनलाई भयरहित र स्वच्छ रुपमा निर्वाचन सम्पन्न गर्न सबै दल सामाजिक संघ संस्थाका प्रतिनिधि र उपभोक्ताको साथ सहयोगबाट निर्वाचनलाई सम्पन्न गरिने समेत सचिव पुलामी मगरले बताउँनुभयो ।
निर्वाचन समितिले बढी भन्दा बढी मतदान होस र भोट रद्ध नहोस भन्नका लागि सबै तयारी पुरा गरिसकिएको निर्वाचन समितिका सदस्य भुवन खतिवडाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । असक्त र असाहायलाई विशेष व्यावस्था मतदान गर्न मिलाइएको समेत खतिवडाले जानकारी दिनुभयो ।

उपभोक्ता भेलाले कार्यसमिति चयन गर्न दधिराम पोखरेल संयोजक , सचीव इन्द्र पुलामी मगर साथै सदस्यहरुमा भुवन खतिवडा , गीता अधिकारी र बिनिता श्रेष्ठको रहेको ५ सदस्यीय निर्वाचन समिति निर्माण गरि जिम्मेवारी प्रदान गरेको छ भने निर्वाचन समितिले तिव्र रुपमा निर्वाचन प्रक्रिया अघि वडाएको छ ।
निर्वाचन समितिले शुक्रवार सामुदायिक बनको कार्यालयमा पत्रकार भेटघाटको आयोजना गरी बैशाख ६ गते हुने निर्वाचन कार्यक्रम सम्बन्धी जानकारी दिएको छ ।

आगामी बैशाख ४ गते राती १२ बजेदेखि चुनाव प्रचारप्रसार मौन अवधि रहने, ६ गते बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने र मतदान समय ३ बजेसम्म रहेपनि मतदान केन्द्रमा प्रवेश गरेका सवैलाई मतदान गर्न दिइने, सोही दिन साँझ ७ बजेदेखि मतगणना शुरु हुने निर्वाचन समितिको कार्यतालिका रहेको निर्वाचन समिति संयोजक पोखरेलले जानकारी गराउनुभयो ।

सामुदायिक वनको ३० वटा टोलको ५ वटा क्षेत्रमा ८ सय ५१ उपभोक्ता मतदाता रहेको र मतदान गर्न आउने उपभोक्ताले अनिवार्य रुपमा वनबाट प्राप्त मतदाता परिचय पत्र लिएर आउनु पर्नेछ । वन समुहले जारी गरेको कार्डमा नाम भएका २ जना मध्ये एकले मतदान गर्न पाउने निर्वाचन समितिका सचीव इन्द्र पुलामी मगरले जानकारी दिनुभएको छ ।

अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र कोषाध्यक्ष एकसहित १४ जना निर्वाचित र एक जना सदस्य मनोनित हुने कार्य समितिको लागि निर्वाचन हुन लागेको समितिमा ६ जना सदस्य सर्वसम्मत निर्वाचित भइसकेका भएपनि आधिकारिक घोषणा हुन भने बाँकि रहेको निर्वाचन समितिका सदस्य भुवन खतिवडाले जानकारी दिनुभयो । उनका अनुसार अन्य ८ पदका लागि भने मतदान हुनेछ ।

बैशाख ६ गते हुने बन समुहको निर्वाचनमा तीन वटा प्यानलले उम्मेद्वारी दिएका छन् । पर्शुराम गिरीको नेतृत्व , सिता अधिकारीको नेतृत्व र बुद्धिमान बोहाराको नेत्तुत्वमा प्यानल खडा गरी उम्मेद्वारले चुनावी प्रचारप्रसारलाई तिब्रता दिएका छन ।