कनकाई अनलाईन
श्री बराईली कुल बंश प्रतिष्ठानले प्रथमपटक यहाँस्थित कनकाई नगरपालिका ४ कोटीहोममा आगामी बैशाख ८ गतेदेखि १५ गतेसम्म श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ लगाउँने भएको छ ।
देशभरका बराइली बंश प्रतिष्ठानको हालसम्म पनि आफ्नै जमिन र भवन नहुदा आजसम्म भाडाको घरमा कार्यालय सञ्चालन गरिरहनुपरेको बराईली कुल वंश प्रतिष्ठानका केन्द्रिय अध्यक्ष विनोद वराइलीले बताउँनुभयो । घृतकौशिक ज्ञात अज्ञात पितृहरुको मोक्ष समेतको पवित्र उद्धेश्य राखेर आयोजित श्रीमद भागवत महापुराणमा पंण्डित अर्जुन शंखर महाराजको मुखरविन्दवाद संगितमय कथा वाचन हुने एवम् उपवाचक मेघनाथ कालिकोटेबाट मुलपाठ हुने अध्यक्ष विनोद वराइलीले बताउँनुभयो । आगामी बैशाख ८ गते कलश यात्रा मण्डप पुजा सहित महापुराणको आयोजना गरिने र सहयोगी दाताहरुलाई विभिन्न सम्मान समेत गरिने र रु १ लाख भन्दा माथिको सहयोग गर्ने दातालाई दानविर घोषणा गरिने बताइएको छ ।
महापुराण अत्रि गोत्रिय ठाडाराई अधिकारी बन्धु भवन कनकाई नगरपालिका ४ कोटीहोममा आयोजना गरिने र हरेक दिन साँझ ७ बजेदेखि ज्ञानमञ्च, राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारद्धारा झाँकी प्रस्तुत लगायत बटुकहरुको ब्रतबन्ध, गुन्युचोली लगायातका कार्यक्रमको समेत आयोजना राखिएको वंश प्रतिष्ठानका अध्यक्ष विनोद वराइलीले बताउँनुभयो ।