Kanakai Online

झापामा जमिनमुनि निराहार सातदिने भूतपस्यामा बसे युवा साधक लिम्बू


आइतवार, चैत १८, २०८० |

कनकाई अनलाईन

झापाको कनकाई नगरपालिका–७ दुर्गापुमरमा मनोक्रान्ति साधक तिलक लिम्बू (अद्वैत मनोक्रान्ति) ले शनिवार दिउसोदेखि जमिनमुनि सात दिने भूतपस्या शुरु गर्नुभएको छ । झापा कमल गाउँपालिका केर्खामा स्थायी घर भएका साधक लिम्बु २०६४ सालबाट मनोक्रान्ति साधनमा लाग्नुभएको हो भने साधक लिम्बुले यसरी प्रथम पटक भुतपस्यामा जान लाग्नु भएको हो । आफुसग भएको उच्च मनोवलका कारण तपस्या पुरा गरि छाडने आत्म विश्वास भएको साधक लिम्बुले पत्रकारहरुलाई बताउँनुभयो । मानव जातिप्रति समर्पित आध्यात्मिक सन्देश ‘संसारलाई बदल्नु छ, शुरु आफैँबाट गर्नु छ’ भन्ने मनोक्रान्ति अभियानको नारालाई आत्मसात गर्दै आफूले भूतपस्या शुरु गरेको भुतपस्या थाल्नु पहिले पत्रकार सम्मेलनको आयोजना गर्दै साधक लिम्बुले बताउनुभयो । कनकाई–७ दुर्गापुरस्थित फक्ताङलुङ एजुकेशन फाउण्डेशनको विद्यालय परिसरमा साधक लिम्बूले नौ फुट गहिरो, नौ फुट चौडाइ र नौ फुट लम्बाइको खाल्डोमा शनिवार दिउँसो साढे ३ बजेदेखि चैत २३ गते दिउँसो साढे ३ बजेसम्म निराहार भूतपस्या गर्ने मनोक्रान्ति विदेश विभाग संयोजक गजेन्द्रराज नेम्बाङले बताउनुभयो ।

मनोक्रान्तिको द्रष्टा एवम् गुरु डा. योगी विकासानन्दको आज्ञा अनुसार कार्यक्रम भूतपस्या कार्यक्रम गरिएको उहाँले बताउनुभयो । तपस्वी लिम्बूले दैनिक डेढ लिटर पानी मात्र पाउने छन् भने हावाका लागि (अक्सिजन) एउटा सानो प्वाल राखिएको छ । तपस्या अवधिभर सीसी क्यामेराको निगरानी गरिनुका साथै एउटा आपतकालीन घण्टी समेत राखिएको छ । भूतपस्वी तिलक लिम्बूलाई जुस पिलाएर चैत २३ गतेको गुरु डा. योगी विकासानन्दले भूतपस्याको औचित्य, आवश्यकता, जीवन र जगतको रुपान्तरण विषयमा विशेष प्रवचन दिनुहँुदै भूतपस्याबाट बाहिर निकालिने जनाइएको छ । फक्ताङलुङ एजुकेशन फाउण्डेशन संस्थापक ओमविक्रम नेम्वाङले पूर्वमा मनोक्रान्ति अभियानलाई प्रभावकारी रुपमा फैलाउन र योग साधनबाट प्राप्त हुने सकारात्मक शक्तिबारे जानकारी गराउन विद्यालय परिसरमा कार्यक्रम गर्न लागिएको बताउनुभयो । “योग साधनको बलबाट के–के गर्न सकिन्छ भन्ने कुराको प्रमाणका लागि यो भूतपस्या हो”, उहाँले भन्नुभयो, “गुरुले दिनुभएको कार्यक्रम अनुसार गरिरहेका छौं अर्का साधक ओमविक्रम नेम्बाङले बताउँनुभयो । मनोक्रान्तिका गुरु डाक्टर योगि विकासानन्दले झापाका विभिन्न स्थानमा रेकी शिविरको समेत आयोजना गर्ने आयोजन समितिले जनाएको छ ।