कनकाई अनलाईन
लायन्स क्लवका अन्तराष्ट्रिय सेकेण्ड भ्वाईस प्रेसिडेन्ट एपि सिंह भारतको बागडुँग्रा बिमान स्थल हुदै आज नेपालको पुर्वीद्धार काकडभिट्टा प्रवेश गर्नुभएको छ । आज विहान ९ बजे विशेष कार्यक्रमका विच लायन्सका अन्तराष्ट्रिय भ्वाईस प्रेसिडेन्ट सिंहलाई नेपालको लायन्स क्लव अफ ३२५ सीले विशेष कार्यक्रमका विच नेपालको पुवीैद्धारमा स्वागत गरेको छ ।
स्वागत कार्यक्रममा बोल्दै सिंहले नेपालको लायन्स क्लबको ब्यवस्थापन बलियो र राम्रो रहेको भन्दै प्रशंसा गर्नुभएको छ । उहाँले नेपालीहरु मेहनती र इमान्दार मात्रै नभएर यहाँका लायन्सकर्मीहरु जुनसुक्कै नेतृत्व लिन समेत सक्षम रहेको बताउँनुभयो । नेपाल भ्रमण र नेपाल लायन्सको निम्तो मान्न काठमाण्डौ सम्मको यात्रामा आउनुभएका सिंहले कार्यक्रममा सम्बोधन गर्दै नेपालको लायन्सको हस्पिटालिटी र मेनेजमेन्ट प्रशंसायोग्य रहेको बताएका हुन् ।
लायन्सको डिष्ट्रिक ३२५ सी समितिले शुक्रबार काँकरभिट्टाको मेची सामुदायिक भवनमा आयोजना गरेको स्वागत तथा सम्मानपछि सम्बोधन गर्दै सेकेण्ड भ्वाईस प्रेसिडेन्ट सिंहले समाजसेवामा निरन्तरता र उदाहरणीय काम गर्न लायन्स प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
लायन्स डिष्ट्रिक गभर्नर (३२५ सीका ) बिजयहरी शर्माले स्वागत मन्तव्यबाट सम्मान गरिएको कार्यक्रममा जिएससि मल्टीपल कोअडिनेटर राजन खत्रीले धन्यवाद ज्ञापन गरेका थिए ।
भ्रमण टोलीमा लायन्सका अतिविशिष्ठ व्यक्तिहरु लायन्सका आइडी बालकृष्ण बुर्लाकोटी, पिआईडी संगीता जाटिया, सन्जय खेतान लगायातको सहभागिता रहेको छ । कार्यक्रमको सञ्चालन लायन्स क्लवका डिस्ट्रिक क्याबिनेट लीलाप्रसाद चिमरियाले गर्नुभएको थियो ।
संसारका २०६ वटा देशमा १५ लाख र नेपालमा ६४ हजार लायन्सका सदस्य रहेका छन् । नेपालमा विभिन्न ठाउँमा सामाजिक कार्यसँगै इटहरीमा मायाघर निर्माणाधीन अवस्थामा रहेको लायन्सका डिस्ट्रिक सेक्रेटरी चिमरियाले जानकारी दिनुभयो । जहाँ आवश्यकता त्यहाँ लायन्सझ अनुसार बिराटनगरमा मानवसेवा आश्रम, धरानमा सत्यसाई स्कुल, इटहरीमा अनाथ स्कुल निर्माण गरेर सञ्चालनमा आएको छ ।
२०७२ सालको भुकम्प घरबारबिहिन पीडितलाई ७४ करोडको राहत बितरण गरेको चिमरियाको भनाई छ । भ्वाईस प्रेसिडेन्ट सिंहको स्वागतका लागि ५१ जनाको समितिले पञ्चेबाजा र भेषभुषा प्रदर्शनसमेत गरेको थियो । लायन्स क्लवको इतिहासमा दोस्रो पटक छिमेकी मुलुक भारतले लायन्सको अन्तराष्ट्रिय गर्भनर पद पाउन आटेको र नेपालमा समेत यसरी विरल्लै मात्रै भ्रमणहरु हुने गरेको बताइएको छ ।
लायन्सका डिस्ट्रिक ३२५ सीका पदाधिकारीहरुले सिंहको टोलीलाई स्वागत र्यालीसहित काकडभिट्टाबाट भद्रपुर बिमानस्थलसम्म पुर्याएका थिए ।