कनकाई अनलाईन
लायन्स क्लवका अन्तराष्ट्रिय सेकेण्ड भ्वाईस पेसिडेन्ट एपि सिंह झापा हुदै काठमाण्डौ जाने हुनुभएको छ ।
नेपाल भ्रमणमा आगामी चैत्र १६ र १७ गते भारतको सिलुगुढी बागडुग्रा बिमानस्थलबाट स्थलमार्ग हुदै नेपालको पूर्वीद्धार काकडभिट्टाबाट झापा भद्रपुर बिमानस्थल हुदै काठमाण्डौ जाने कार्यतालिका रहेको लायन्स क्लव अफ कनकाई सुरुङ्गाका संस्थापक अध्यक्ष तथा लायन्स क्लवका डिस्ट्रिक ३२५ सीका सेक्रेटरी लायन लीलाप्रसाद चिमरियाले बताउँनुभयो ।
लायन्सका सेक्रेटरी लीला चिमरियाका अनुसार आगामी शुक्रवार चैत १६ गते ११ बजेको उडानबाट भद्रपुर बिमानस्थलबाट काठमाण्डौ जाने कार्यक्रम तय भएकोले विहानै ८ बजेनै नेपालको पुर्वीद्धार काकडभिट्टामा आइपुग्ने कार्यक्रम तय भएको छ । यस भ्रमण टोलीमा लायन्सका अति विशिष्ठ व्याक्तिहरु लायन्सका आइडी बालकृष्ण बुर्लाकोटी, पिआईडी संगिता जाटिया, सन्जय खेतान लगायातको समेत सहभागिता रहने छ । नेपालमा विश्व लायन्सकर्मीको अति विशिष्ट रुपमा हुन लागेको यस भ्रमणलाई सफल बनाउनका लागि नेपालस्थित लायन्सको ३२५ सीको टिमलाई नेपालको पुवीैद्धारमा स्वागतको जिम्मा दिइएको र यात्रामा स्वागत र सहजीकरणका लागि डिस्ट्रीक गर्भनरको संयोजत्वमा विभिन्न उपसमिति समेत गठन गरेर कार्य अगाडि बढाइएको लायन्सका डिस्ट्रिक गर्भनर लायन बिजयहरी शर्माले बताउँनुभयो ।
नेपालमा अति विशिष्ट पाहुनाहरु भएकोले नेपाली परम्पराअनुसार र्यालीसहित सम्मान गरिने र नेपाली बाजा र भेषभुषाको प्रदर्शन गरिने छ । यसका लागि ५१ सदस्यीय मुल स्वागत सम्मान समिति समेत गठन गरिएको छ । जसमा संयोजकमा लायन्सका गर्भनर बिजयहरी शर्मा र सदस्यहरुमा इन्द्र खत्री राजन, धिरज गुरुङ्ग, विकास अधिकारी, बबरजंग थापा, लीलाप्रसाद चिमरिया, अनुजा कोइराला, राजन श्रेष्ठ, मिना ढुङ्गेल, शिव रिजाल, रमेश खत्री, डाः सन्देशदास श्रेष्ठ, उदयनारायण बराल, रोषन बुडाथोकी, भविस श्रेष्ठ, उर्मिला बिमली, रामचन्द्र बराल, मनिता दंगाल, लेकेन्द्र ढकाल, कविता लिम्बु, ज्ञानेन्द्र खत्री, शैलेन्द्र कुरुवाङ्ग, निरज ओली, सत्यनारायण शर्मा, रमेशबाबु कामत, मनोज बस्नेत, डम्बर थापा साजन, नेत्र चम्लगाई, झमक काफ्ले, बाबुराम ढकाल, राजेश दाहाल, घनश्याम चौधरी, साजन श्रेष्ठ, विष्णुप्रसाद पौडेल, सुर्यनारायण शाह, रोहित शाह, योगेन्द्र पौडेल, रन्जित भगत, रामचन्द्र मिश्र, अम्रता रिजाल, पार्वता गिरी, मनोज बानिया लगायात रहनुभएको छ ।