कनकाई अनलाईन
नजिकिदै गरेको होली पर्वको अवशरलाई लक्षित गर्दै इलाका प्रहरी कार्यालय सुरुङ्गाले होली सम्बन्धि सचेतना र घरदैलो कार्यक्रमलाई तीव्रता बनाएको छ ।
इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख बरिष्ठ प्रहरी नायव निरिक्षक प्रविण भट्टराईको कमाण्डमा रहेको प्रहरी टोलीले होली पर्वलाई सभ्य, भव्य र सुरक्षित रुपमा मनाउनका लागि नागरिकले अपनाउनुपर्ने सावधानी वारेमा सचेतना जगाउँदै घरदैलो कार्यक्रम जारी राखेको छ ।
प्रहरीले होलीलाई सभ्य रुपमा मनाउनका लागि आत्मिय रुपमा नजिक भएका हरुसग मात्रै होलि पर्व खेलौ, होली पर्वका नाममा उछृङ्खल क्रियाकलाप नगरौ, महगा गहना लगाई होलि खेल्न नजाम, अशक्त र पर्यटकहरुलाई होलिको नाममा दुब्यवहार नगरौ, भीडभाड भएको स्थानमा जादा पकेटमार देखि सावधान रहौ । सभ्य नागरिकको पहिचान दिऔ लगायातका जनचेतनामुलक सन्देश लिएर घरघरमा प्रहरी पुगिरहेको छ । नागरिक सग यसरी घरदैलो गर्दा प्रहरी र नागरिक विचमा सुचना आदानप्रदान हुने र नागरिक प्रहरीको समझदारी अझ बढने इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख भट्टराईले बताउँनुभयो । यसैविच यस क्षेत्रमा हुनसक्ने होलि पर्वको बेलामा हुने गतिविधिलाई निगरानी र सुरक्षाका लागि प्रहरीलाई २४ घण्टा सर्तकमा राखिएको प्रहरी प्रमुख भट्टराईले बताउँनुभयो ।