Kanakai Online

फरक क्षमता भएका बिद्यार्थीसंग लायन्स क्लव कनकाई सुरुङ्गाको होलि मिलन


आइतवार, चैत ११, २०८० |

कनकाई अनलाईन
लायन्स क्लब अफ कनकाई सुरुङ्गाले कनकाई माविमा अध्ययनरत फरक क्षमता भएका बिद्यार्थीसंग आईतबार फागु पर्व होली मनाएको छ ।

सामाजिक क्षेत्रमा निरन्तर कार्य गर्दै आएको क्लबले बार्षिक कार्यक्रममै राखेर हरेक बर्ष कनकाई माध्यमिक बिद्यालयका बिशेष कक्षाका बिद्यार्थी हरु संग मनाउदै आएको होली पर्वलाई यस बर्ष पनि निरन्तरता दिएको हो ।
क्लबका प्रथम उपाध्यक्ष सन्दिप बाबु प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका पुर्व अध्यक्ष रुपनायण खतिवडाले कार्यक्रमको अौचित्य माथि प्रकाश पार्दै हर्ष उमङ्गको पर्व होली सामान्यतया अरुलेत आफ्नै तरिकाले विविध कार्यक्रम गर्दै मानाउछन तथापि फरक क्षमता भएका बिद्यार्थीहरु संग पनि होलिमिलन कार्यक्रम गरेर उनिहरुलाई पनि हौसला प्रदान गर्दै होली मनाउने उदेश्यले लायन्सले कार्यक्रम आयोजना गरेको वताउनु भयो ।

क्लबले विशेष कक्षामा अध्ययनरत २९ जना फरक क्षमता भएका विद्यार्थी र बिशेष शिक्षा तर्फका कर्मचारीलाई भेष्ट प्रदान गर्दै कार्यक्रममा उपस्थित शिक्षक , अभिभाव , बिद्यार्थी , कर्मचारी लगायतसंग अविर लगाई होलि खेल्नुका साथै सबैलाई खानपिनको समेत प्रवन्ध गरेको थियोे ।

कार्यक्रममा कनकाई माविका सहायक प्रअ हरिप्रसाद तिम्सिनाले शुभकामना मन्तवव्य राख्दै लायन्सले कनकाई माविका फरक क्षमता भएका बिद्यार्थी संग फागु पर्व मनाएर हौसला प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

क्लबका द्वितीय उपाध्यक्ष कुमार दहालले संयोजक गरेको कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चन्द्र प्रसाईं क्लबका पुर्व अध्यक्ष साजन थापा लगायतको आतिथ्यता रहेको थियोे । कार्यक्रमको सञ्चालन क्लवका सचिव पंकज खड्काले गर्नु भएको थियोे भने कार्यक्रममा सहभागी भई कार्यक्रम सफल पार्नुहुने सबैलाई धन्यवाद ज्ञापन क्लबका पुर्व अध्यक्ष मनोज बस्नेतले गर्नु भएको थियोे ।