कनकाई अनलाईन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री राजेन्द्रकुमार लिङ्देनले देशको अवस्था बदल्नका लागि व्यावस्था समेत बदल्नुपर्ने भएकोले राप्रपा सडकमा आएको बताउँनुभएको छ ।
आगामी चैत्र २७ गते काठमाण्डौमा पार्टीले गर्न लागेको आन्दोलनको पुर्वसध्यामा झापाको बिर्तामोडमा शनिवार आयोजित पार्टीको जनजागरण कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले अहिलेको सरकार देश र जनतालाई केन्द्रमा राखेर नभई स्वार्थ समुहहरुको गठजोड सरकार भएको बताउँनुभयो । जनताका समस्या र जनजिविकाका विषयमा राप्रपाले आन्दोलन थालेको भन्दै आन्दोलनको तयारी थाल्न राप्रपा अध्यक्ष लिङदेनले नेता कार्यकर्तालाई आव्हान गर्नुभयो ।
अब देशमा कम्तीमा पनि संयियता, धर्म निरप्रेक्षता, गणतन्त्र लगायातका अहिलेका व्यावस्था पक्षधर र यस व्यावस्था विरोधी शक्तिकेन्द्रहरुविचमा दुई ध्रुबविचमा कित्ता छुट्टिनु आवश्यक रहेको भन्दै नेपाली कांग्रेस, एमाले, माओवादीहरु एकातर्फ र राप्रपा र बर्तमान शासकिय स्वरुप विरोधी शक्तिहरु अर्कोतिर हुनुपर्ने वेला आएको बताउँनुभयो । केहि दलहरु मिशन ८४ को पछाडि कुदेको भएपनि त्यो बेलासम्म मुलुक थप बर्वादीको दिशामा गईसक्ने भन्दै राप्रपाको नेतृत्वमा यो व्यावस्था विरोधी आन्दोलन सुरु गरिएको लिङदेनको भनाई थियो । देशमा संघियता र धर्म निरप्रेक्षता अभिषाप भईसकेको भन्दै यी दुबै कुरामा परिवर्तन आवश्यक रहेको नेता लिङदेनको भनाई थियो । संसार बदल्न सक्ने नेपालीहरुले नेपाल पनि बदल्न सक्ने भन्दै यसका लागि वर्तमान राज्य व्यावस्था पनि बदलिनु जरुरी रहेको नेता लिङदेनको भनाई थियो । देश संघियतामा जानु अगाडिसम्म देशको राष्ट्रिय ऋण ६ खर्ब रहेकोमा अहिले संघियतामा देश गएसगै वैदेशिक ऋण बढेर ७ बर्षभित्रै २४ अर्ब भएको भन्दै देशले विदशी ऋण लिएर जनप्रतिनिधिलाई सेवा सुविधा दिनका लागि ल्याइएको गणतन्त्र देशलाई भारी परीसकेको नेता लिङदेनको भनाई थियो । कांग्रेस, एमाले माओवादीका नेतालाई देश सञ्चालनको जिम्मा दिदा अर्को जुनिसम्मपनि परिवर्तन नआउने ठोकुवा गर्दै लिङदेनले राप्रपाले देश सञ्चालनको जिम्मा पाएको खण्डमा केहि बर्षभित्रमै देशको अवस्था फेर्ने र कम्तीमा खाडीमा जानबाट युवालाई रोक्ने बताउँनुभयो ।
कार्यक्रममा राप्रपाका उपाध्यक्ष तथा सांसद बुद्धिमान तामाङ, प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाही, पार्टीका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, पार्टीकी नेतृ खुश्बु ओली लगायातले बर्तमान राज्यको शासकिय स्वरुप बदल्न र जनताको जनजिविकाका बदल्नका लागि राप्रपाले आन्दोलन थालेको बताउँनुभयो । कार्यक्रम राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष केशवप्रसाद ओझाको सभापतित्वमा सम्पन्न भएको थियो ।
फोटो ः राप्रपा अध्यक्ष लिङदेन बिर्तामोडमा सम्बोधन गर्नुहुदै तस्वीर लीलाराज झापाली