कनकाई अनलाईन
लक्ष्मी सनराईज बैंक सुरुङ्गा साखाले यहाँस्थित कनकाई माध्यमिक विद्यालयमा एक दिने वित्तिय साक्षरता दिवशको आयोजना गरि विद्यार्थीलाई वित्तिय क्षेत्रमा प्रशिक्षण प्रदान गरेको छ ।
बैंकले विद्यार्थीहरुका लागि बचत गर्ने बानीको कसरी विकास गर्ने, बचत के हो ? जीवनमा बचतको कस्तो महत्व छ ? कसरी बचत गर्ने कसरी आम्दामी गर्ने, डिजिटल बैङ्गि प्रविधिको प्रयोग र यो प्रयोग गर्दा अपनाउँनुपर्ने सावधानी लगायातका बारेमा प्रशिक्षणात्मक अभिखीकरण प्रदान गरिएको थियो । बैंकले ग्लोबल मनि विक, २०२४ का अवशरमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको र उक्त कार्यक्रममा बैकिङ सेवा सुविधा डिजिटल बैकिङ प्रविधि, बचत खाता लगायातका बैकिङ गतिविधिका विषयमा लक्ष्मी सनराईज बैंक सुरुङ्गा साखाका प्रमुख तेजबहादुर थापा मगरले जानकारी दिनुभयो ।
प्रशिक्षणमा कक्षा ११ र १२ का विद्यार्थीहरुको सहभागिता रहेको थियो । तालिमबाट विद्यार्थीलाई थुप्रै बैकिङ गतिविधिका वारेमा जानकारी प्राप्त भएको कनकाई माविका प्रध्नाध्यापक कर्णबहादुर डाँगीले जानकारी दिनुभयो । अहिलेको डिजिटल बैकिङ युगमा बैकिङ सहजता सगै विभिन्न यस क्षेत्रमा विकृति समेत बढदै गएकोले यसलाई रोक्न र बिद्यार्थीहरुलाई बैकिङ सचेतना बढाउदै लैजानका लागि यस प्रकारको कार्यक्रमहरु बैंकले स्कुल कलेजमा समेत राख्दै आएको लक्ष्मी सनराईज बैंक सुरुङ्गा साखाका कर्मचारी एलिस मैनालीले कनकाई अनलाईनलाई जानकारी दिनुभयो ।
प्रशिक्षणमा कनकाई माविका विद्यार्थी र शिक्षक गरि ६० बढीको सहभागिता रहेको थियो ।