कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ३ स्थित कनकाई माविको खेल मैदानमा आजबाट तेस्रो प्रदेश स्तरीय भेट्रान कप पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ ।
आज भएको उदघाटन खेलमा बिराटनगर भेट्रान क्लवले लखनपुर भेट्रान क्लवलाई ३—२ गोल अन्तरले पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश पाएको छ ।
बिराटनगरका लागि खेलको पहिलो हाफमै २ गोल गरेर अग्रता बनाएको थियो भने बिराटनगरले दोस्रो हाफमा थप १ गोल गरेको थियो । लखनपुरका लागि भने दुबै गोल दोस्रो हाफमा सम्भव भएको हो ।
बिराटनगरका देवबहादुर लिम्बुले एक्लैले २ गोल गर्नुभयो भने बाकी एक गोल दिल्लीबहादुर बास्कोटाले गर्नुभयो । लखनपुरका लागि भने अशोककुमार सेर्मा र दिपिन गिरीले एक एक गोल गरेपनि हारलाई टार्न सक्नुभएन । खेलको पहिलो हाफमा बिराटनगरले खेललाई एकतर्फी जस्तो बनाएपनि दोस्रो हाफमा लखनपुर खेलमा फर्र्किएको थियो । उदघाटन खेलको मेन अफ द म्याच बिजयी टिमका २ गोल गर्नुहुने देवबहादुर लिम्बु हुनुभयो उहाँलाई नबर्दा किराना पसल सुरुङ्गाका केशवकुमार श्रेष्ठले २ हजार नगद दिनुभयो ।
उदघाटन खेलको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशाशर्मा शिवाकोटी, कनकाई नगरपालिका ३ का वडाध्यक्ष युवराज चम्लगाई, कनकाई नगरपालिका ८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल, कनकाई नगर खेलुकुद विकास समितिका अध्यक्ष जविन तिम्सिना , नेपाली कांग्रेसका कनकाई नगर सभापति दुर्गा प्रसाई, राप्रपा कनकाई नगर अध्यक्ष टिका वराल, कनकाई माविका अध्यक्ष चन्द्रप्रसाद प्रसाई लगायातले उदघाटन गर्नुभयो ।
दोस्रो आइतवारको खेल आयोजक कनकाई भेट्रान क्लव र उर्लावारी भेट्रान क्लवका विच हुने आयोजक कनकाई भेट्रान क्लवका सचिव रमेशबाबु मैनालीले बताउँनुभयो ।
झापाका सहित कोशी प्रदेशका ८ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख १ हजार र उपबिजयी हुने टिमले ६५ हजार नगद प्राप्त गर्ने छ । प्रतियोगिताको मुख्य सहयोगी कनकाई नगरपालिका रहेको छ ।