कनकाई अनलाईन
दुखीको घरमामात्रै तेरो बाँस हुनेभए हे इश्वर दया गरी अझ मलाई दुख्ख दे ! बालकृष्ण समको यस भनाई कोहिमाथि मिल्छ भने झापा कनकाई नगरपालिका ३ का यी माझी परिवारमा आएर मिल्छ ।
सानो सिटी सफारी चलाएको भरमा १८ महिने काखे नानी र श्रीमती र एकजना १६ बर्षिय छोराको पढाई खर्च र कोठा भाडाको जोहो गरिरहेका यी गोविन्द माझि विगत १५ दिनदेखि यी माथिका भनाईहरुलाई मनमग्नै जपिरहेका छन । जीवनभर सिटी कुदाएर परिवार पालिरहेका यी युवाले घर बनाउला राम्रो कपडा फेरुम्ला वा गाडी बंगला जोडौला भन्ने सपना त देखेका थिएनन तर आफ्ना कनकाई माविमा कक्षा ८ मा अध्यान गर्दै गरेका आफ्ना छोरा आशिस माझीलाई राम्रो शिक्षा दिन सके र हुकैदै गरेकी आफ्नी १८ महिने छोरीलाई समेत राम्रो अध्यान र शिक्षा दिन सके आफ्नो सपना जपना त्यतिलाई बनाएका थिए । बाबाले सिटी कुदाएर आफुलाई अध्यान गराउँदै आएको कुरा बुझेका उनका छोरा आशिसको पनि पठाई राम्रै थियो ।
सरकारी स्कुल कनकाई माविका विद्यार्थी आफ्नो बाबाको सपनालाई पूरा गरिछाडनेक्रममा रहेका उनी स्कुल लाग्नु पहिलेको कोचिङ्ग कक्षाको पठाई सकाएर स्कुलतर्फ साथीसग साईकलमा चढेर जादै थिए । कनकाई माविको स्कुल छेउमा पुगेपछि अचानक उनी साईकलबाट खस्न पुगे । उनको टाउको ढ्ुङ्गामा बजारिन पुग्यो । बाटो हिडनेले उनको अवस्था देखेर हत्तपत्त उनको डेरा सम्म त ल्याइदिए तर टाउकोमा गम्भिर समस्या भएकोले लगातार बमिट हुन लाग्यो । उनका पिता गोबिन्दले स्थानीय कनकाई नगर अस्पताल हुदै बिर्तामोडस्थित बिर्तासिटी अस्पताल त पुर्याए तर डाक्टरले सिटी स्केन गर्दा टाउकोमा रगत जमिसकेको निष्कर्ष निकाले । औषधिले रगत जमेको नफाटेपछि उनको अप्रेशन गर्नुपर्ने र यसका लागि मोटो रकमको जोहो गर्नुपर्ने भयो । तर सम्पत्तिको नाममा आफ्ना छोरा छोरी श्रीमती र एउटा सानो सिटी रिक्सा मात्रै भएका यी गोविन्दले अप्रेशन गर्नसक्ने अवस्था आएन र छोरालाई बिर्तासिटीबाट विरामी छोरालाई घरमै ल्याएर राखे । तर दिनानुदिन टाउकोमा गम्भिर समस्या भएका आशिसको अवस्था विर्गदै गयो । यस कुरालाई नजिक्कैबाट देखिरहेका छिमेकी युवा गणेश खड्काले माझिको परिवारलाई आट र भरोसा दिए । विरामी आशिसलाई पन पहिल्यैकै अस्पतामा उपचारका लागि लगियो । गणेशकै जिम्मामा आशिसको अप्रेशन समेत गरियो । अहिले उनलाई लामो उपचार र बेड रेशको आवश्यकता छ । आशिसको टाउकोको २ वटा भाग झिकेर पेटमा राखिएको छ । उनलाई पुन अप्रेशन गरेर टाउकोमा राख्नु छ । डाक्टरहरुका अनुसार यी सब करा गर्न आशिसको उपचारका लागि कम्तीमा १० लाख रुपैँयाको जरुरत पर्दछ ।
तर आफन्त नजिकका चिने जानेका सबैसग हारगुहार गरेर ७० हजार सापटी रमक खोजेर जम्मा गरेका यी गोविन्दलाई छोरा बाचेको खुसीको साथमा अहिले आईसियुबाट भर्खरै मात्रै नर्मल बेडमा राखिएका छोरालाई कसरी डिस्चार्ज गर्ने भन्ने पिडाले छडपटाईरहेको छ । आफु रिक्सा कुदाउन गएन भने घरमा रहेकी १८ महिनाकी छोरी भोक्कै हुनेछिन यता छोराको अस्पतालमा औषधि किन्ने रकम छैन डिस्चार्जको रकम कसरी जुटाउने गोविन्द भन्छन भगवानले पनि दुख्ख दिन र परिक्षा लिनका लागि म दुखिलाई मात्रै देख्नुभएछ । भएको सम्पतिको नाममा एउटा सिटी छ विरामी छोरालाई उपचार गर्दा कुदन सकेको छैन । घर भाडा र खानेकुरा कसरी जुटाउने छोराको अवस्था यस्तो नाजुक छ म कसरी मन बुझाउँने ।
आशिस बचाउ समिति गठन
यता कनकाईका एकजना हुनहार युवाको जीवन रक्षाका लागि कनकाई नगरपालिका २ का वडाध्यक्ष बलराम राई प्रतापको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ। समितको सदस्यहरुमा सञ्चारकर्मी आईपी भट्टराई, गणेश खड्का, मेघनाथ पाठक, प्रकाश पाठक र पुण्य श्रेष्ठ रहनुभएको छ ।
उपचारका लागि स्थानीयले करिव २ लाख रुपैँया संकलन गरिसकेको र बाकी ८ लाख रुपैँया लाग्ने बताइएको छ । उपचारमा सहयोग गर्नका लागि र एकजना होनाहार युवाको ज्यान बचाइदिनका लागि स्वदेश तथा विदेशमा रहनुहुने सबै नेपाली दाजुभाई दिदीबहिनी समक्ष सहयोग समितिले आव्हान गरेको छ । यसका लागि बुबाको नम्बर गोविन्द माझिको ९८०५१५७७१० मा सम्पर्क गरिदिन वा आमा उमा माझिको नाममा रहेको मितेरी डेभलपमैन्ट बैक लिमिटेड सुरुङ्गा साखामा रहेको ००८११२०००५०७११०००००१ खातामा आफुले सकेको रकम सहयोग गरिदिन सबै समक्ष अनुरोध गरेको छ ।