कनकाई अनलाईन
मुसलमान समुदायको पवित्र महिना रमजानको अवसर पारेर भद्रपुर नगरपालिकाले ५० जना कैदी बन्दीलाई खाद्यन्न सहयोग गरेको छ ।
कारागारभित्र बन्दी जीवन बिताइरहेका मुसलमान समुदायका ५० जना व्यक्तिलाई रोजा खोल्न नगर प्रमुखको नेतृत्वमा गएको टोलीले कारागारमा खाद्यन्न सहयोग गरेको हो ।
व्रत (रोजा) अवधिभरलाई पुग्ने गरी दिइएको खाद्यन्न वितरणमा उप–प्रमुख राधा कार्की लगायत मुस्लिम समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।