Kanakai Online

सुरुङ्गामा पहिलो पटक खुल्यो आर्गनिक खाद्यान्न विक्री कक्ष


शनिवार, फागुन २६, २०८० |

कनकाई अनलाईन
झापाको कनकाईमा पहिलोपटक आर्गनिक खाद्यान्नहरुको मात्रै विक्री कक्ष सञ्चालनमा आएको छ ।
यहाँका युवा व्यावसायी दिपक प्रधानले सुरुङ्गा बजारमा पहिलो पटक आर्गनिक सामाग्रीहरुको मात्रै विक्री कक्ष एसियन लाईफ केयर इन्टरनेशनल प्रालिको साखा कार्यालयका रुपमा सुरुङ्गामा खाद्यान्न सामाग्रीहरुको विक्री कक्ष सञ्चालनमा ल्याउनु भएको हो ।
मानिससलाई स्वास्थ्यप्रति धेरै जिम्मेवार बन्न मन लागेपनि आफुलाई विना विषादीका खाद्य सामाग्रीहरुको खरिदका लागि सहि स्थान नहुदा अलमलमा परिरहेको समस्यालाई मध्यनजर गरेर आफुले यस एसियन लाईफ केयरलको साखाका रुपमा विक्री कक्ष सञ्चालनमा ल्याएको प्रधानले बताउँनुभयो ।

विशेष कार्यक्रमका विच सुरुङ्गा कनकाई क्याम्पस रोडमा रहेको यस कम्पनीको विक्री कक्षलाई एसियन लाईफ केयर कम्पनीका कोशी प्रदेशका प्रमुख डाक्टर जयप्रसाद ढुङ्गानाले विक्री कक्षको उदघाटन गर्नुभएको हो । विक्री कक्षबाट किचनमा चाहिने आवश्यक सबै प्रकारका दलहन, तरकारी आईटम, तेल, जिरा, लगायातका सबै प्रकारका खाद्यान्न सामाग्रीहरु पाईने र यहाँ विक्री हुने सबै सामाग्रीहरु आर्गनिक प्रमाणित भएका सामाग्रीहरु मात्रै उपलब्ध हुने यसका सञ्चालक दिपक प्रधानले बताउँनुभयो । यस विक्री कक्षबाट आर्गनिक सामाग्रीको उपभोग गर्न रुचि राख्ने कनकाई नगरपालिका, शिवसताक्षी नगरपालिका तथा झापा गाउँपालिकाका सबै सचेत उपभोक्ताहरु लाभान्वित हुने छन ।