कनकाई अनलाईन
विसं। २०२८ सालमा झापाको ज्यामिरगडीमा हत्या गरिएका कर्णबहादुर गौतम सहित झापाका पाँच जनालाई सरकारले सहिद घोषणा गरेको छ। पाँचै जनाको नाम शुक्रवार राजपत्रमा प्रकाशित गरी सहिद घोषणा गरेको हो ।
प्रकाशित नामअनुसार कर्णबहादुर गौतम मेचीनगर १५ , राजेन्द्र पोखरेल दमक ७, विमला पाठक झापा ७, गणेश ढकाल शिवसताक्षी १ र दिनेश चेम्जोङ शिवसताक्षी १ रहेका छन् । सरकारले उक्त सूची सहितको नाम शुक्रवार सार्वजनिक गरेको हो ।