Kanakai Online

आयोजक झापा ११ को फराकिलो जित


बिहिवार, फागुन २४, २०८० |

कनकाई अनलाईन
झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा जारी छैटो झापा गोल्डकपमा आयोजक झापा–११ फुटबल टिम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको अन्तिम क्वाटरफाइनल खेलमा एन्फा मकवानपुरलाई ५–१ को जित निकाल्दै झापा–११ सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा झापाका लागि आदित्य शाक्य, विदेशी खेलाडी हेरिसन प्रदीप बुढाथोकी, बबिन बोहोरा र आशिष चापागाईंले गोल गर्नुभयो ।
खेलको २४ औं मिनेटमा आदित्य शाक्यले झापालाई आग्रता दिलाउदै जितको आधार तयार पार्नुभयो । घरेलु मैदानमा दर्शकको राम्रो साथ पाएको झापाले खेको ६६ औं मिनेटमा अग्रतालाई दोब्बर बनाएको थियो । डिबक्समा समिराज थोकरको पासमा हेरिसनले उत्कृष्ट फिनिसिङ गर्दै आयोजकलाई खेलमा हावी बनाउँनुभयो । खेलको ८३ औं मिनेटमा झापाका प्रदीप बुढाथोकीले गर्नुभयो । बेञ्चबाट मैदान छिरेको एकमिनेट पनि नहुँदै प्रदिपले गोल गर्नुभयो । विपक्षी गोलरक्षक अनावश्यक बिट हुँदा उहाँले गोल गर्नुभयो । यस्तै खेलको अतिरिक्त समयमा झापाका लागि बबिन बोहोराले गोल गर्दै फराकिलो जित दर्ता गर्नुभएको हो । अतिरिक्त समयमा नै झापाका लागि आशिष चापागाईंले थप गोल गर्नुभयो । खेलमा मकवानपुरले एक मात्र सान्त्वना गोल खेलको ७९ औं मिनेटमा गर्नुभयो । जितसँगै झापाले फाइनल प्रवेशका लागि शनिबार चर्चब्वाइजसँग खेल्नेछ । खेलको म्यान अफ द म्याच आजोजक टिम झापा ११ का समिराज थोकर हुँदै नगद ११ हजार प्राप्त गर्नुभयो ।

शुक्ररबारको पहिलो सेमिफाइनल खेल झापा गोल्डकपको चारपटक विजेता त्रिभुवन आर्मीबिच हुने छ ।

१० टोली सहभागी गोल्ड कपको विजेताले नगद १३ लाख र उपविजेता हुने टिमले नगद ७ लाख प्राप्त गर्ने छ ।