कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका सुरुङ्गामा रहेको संगित साधना कला केन्द्र २१ औ बर्षमा प्रवेश गरेको छ ।
साधना कला केन्द्रले आफ्नो स्थापनाको १५ औ बार्षिकोत्सव आफ्ना विद्यार्थीहरुको विविध साङ्गितिक प्रस्तुतिहरुका साथ मनाएको छ । यसैक्रममा यस क्षेत्रका अग्रज संगितकर्मी कुमार पालुङ्गालाई सम्मान समेत गरिएको छ । पालुङ्गाले आफ्ना १७० भन्दा वढी गितहरुमा संगित भर्नका साथै गित रचना र अभिनय समेत गर्नुभएको छ ।
नेपालका बरिष्ठ गितकार शिवशंकर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपमेयर आशाशर्मा शिवाकोटी, वरिष्ठ गितकार तथा नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी, लायन्स क्लवका डिष्ट्रिक सेक्रेटरी लीलाप्रसाद चिमरिया लगायातले आआफ्ना धारणा राख्नुहुदै गित संगितका माध्यमबाट समेत कनकाई नगरपालिकाको प्रचार विश्वसामु पुर्याउन यसका संस्थापक अध्यक्ष ध्रुब पाठक र संगित साधना कला केन्द्रको अहम भुमिका रहेको बताउँनुभयो ।
यसैविचमा संगित साधना कला केन्द्रले स्थापना गरेको अक्षयकोषमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रक््मार पोखरेलले नगद १ लाख, संगित साधना कला केन्द्रका संस्थापक अध्यक्ष र अध्यक्ष ध्रुब पाठक, तुलसा पाठकले १ लाख, संगित सर्जक अनिरुद्र ओली ५० हजार, गायक राजु अधिकारी ५० हजार, लीला चिमरिया २५ हजार रुपैँया लगायातले प्रदान गर्ने घोषणा गर्नुभयो । उक्त रकमको ब्याजबाट संगित सर्जकलाई हरेक बर्ष सम्मान तथा पुरस्कृत गरिदै लैजाने समेत कार्यक्रममा जानकारी गराइएको थियो । कार्यक्रममा बोल्दै संगित साधना कला केन्द्रका संस्थापक तथा देशकै उत्कृष्ट संगित सर्जक समेत रहनुभएका ध्रुब पाठकलले आफुले कनकाई नगरिमै रहेर विगत ५० बर्षदेखि संगित क्षेत्रको मात्रै सेवा गरिरहेको र आफुले कुनै प्राप्तिको आशा समेत नराखेको बताउँनुभयो । मबाट संगित सिक्ने शिक्षार्थीहरुले राम्रै तरक्की समेत गरिरहेका वेला म भने विगत ५० बर्षदेखि भाडाकै घरमा बसिररहेको छु तर संगितमा साधना गर्नेकाम भने हिजो पनि छाडिन भोलीका दिनमा समेत रहिरहने छ संगित साधना कला केन्द्रका संस्थापक अध्यक्ष ध्रुब पाठकलले भन्नुभयो ।
कार्यक्रममा संगित साधना कला केन्द्रका विद्यार्थीहरुले आफ्ना प्रस्तुतिहरुमार्फत कार्यक्रम स्थल लायन्स क्लवको नयाँ भवनलाई संगितमय बनाएका थिए ।