कनकाई अनलाईन
झापाको शिवसताक्षी नगरपालिका ९ स्थित चिल्लागढ पोखरीमा महाभातरकालिन यज्ञहवनकुण्ड लगायातको प्रचारका लागि ३ दिने महाशिवरात्री मेला लगाइने भएको छ ।,
५००० बर्ष पहिले तत्कालिन ५ पाण्डवहरुले यस हवन कुण्डमा हवन गरेको किम्बदन्ती रहेको छ । ग्रामिण क्षेत्रमा रहेको र थप प्रचारप्रसार हुन नसक्दा धार्मिक पर्यटकहरुले समेत यस स्थानमा घुम्न र पुजाका लागि कमै मात्रमा आउने गरेका कारण अघिलल्लो बर्षबाट यस क्षेत्रमा हरेक शिवरात्रीका वेलामा ३ दिनसम्म धार्मिक मेला लगाइदै आएको ऐतिहासिक चिल्लागढ धार्मिक तथा पर्यटकिय संस्थाका अध्यक्ष शिशिर तुम्वापोले बताउँनुभयो ।
आगामी फागुन २४ गतेदेखि २६ गतेसम्म हुने यस ऐतिहासिक महाशिवरात्री मेलामा नेपाल तथा भारतबाट समेत भक्तजनहरु मेला भर्न र पुजा गर्न आउने र राष्ट्रिय कलाकारहरु दिपक लिम्बु, रचना रिमाल लगायातले आफ्नो प्रस्तुति दिइने समेत आयोजक समितिका सचिव विष्णुप्रसाद खतिवडाले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिनुभएको छ ।
ऐतिहासिक चिल्लागढ पोखरी पहिले २६ बिगाह क्षेत्रमा रहेको भएपनि मासिएर अहिले ३ विगाह क्षेत्रलाई मात्रै घृेराबारा गरि संररक्षण गरिराखिएको तथा शिव मन्दिर, सिताराम बन्दिर तथा किरात धर्मको समेत मन्दिरहरु र देशकै ठुलो दावी गरिएको प्राकृतिक शिवलिङ्ग यस धामका आकर्षकको केन्द्र रहेको तथा यस क्षेत्रमा रहेको र १४ कठ्ठा क्षेत्रफलमा रहेको ऐतिहासिक हवन पोखरी समेत रहेको अध्यक्ष तुम्वापोले बताउँनुयो ।
मेला सफल बनाउन विभिन्न उपसमितिहरु समेत निर्माण गरिसकिएको छ भने मेलामा अन्य विभिन्न खेल तमासाहरु र स्टलहरु समेत राखिएको छ ।