कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ३ सुरुङ्गा स्थित कनकाई माध्यमिक बिद्यालयमा डिल्ली गौतम स्मृति प्रतिष्ठानले निशुल्क आँखा तथा दन्त शिवीर सञ्चालन गरेको छ । यस क्षेत्रका माननीय एलपीसाँबा लिम्बुको पहलमा विद्यार्थीलाई एकसाथ यो सुविधा प्रदान गरिएको हो ।
शिविरमा कनकाइ माविका २ हजार विध्यार्थीहरुले प्रत्यक्ष सेवा लिएको आयोजक संस्था डिल्ली गौतम स्मृति प्रतिष्ठानका सचिव विनोद रानाले जानकारी दिनुभएको छ ।
कनकाई माविका बिद्यार्थी साथै बिद्यालय परिवार लाई लक्षित गरि २ दिने आँखा तथा दन्त शिविरको आयोजना गरिएको हो । विद्यार्थीहरुले मोबाइल बढी चलाउने र आखा खराबी हुन् सक्ने विद्यार्थी जीवनमा बढि मात्रमा मिठाईजन्य गुलियो पदार्थ बढि खानाले दाँतमा समेत खराबी आउने भएकोले विद्यार्थीहरुका लागि एकसाथ शिविरको आयोजना गरिएको प्राविधिक सहयोग गरेको काठमाण्डौस्थित कान्तिपुर डेन्टल कलेजका अध्यक्ष डाक्टर बुद्धिमान श्रेष्ठले बताउँनुभयो ।
झापा क्षेत्र नं. ४ का सघिंय सासंद एलपी साँवा लिम्बूले आफ्नो क्षेत्रका सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई स्वास्थ्य तथा सक्षम बनाउने उदेश्यले आफुहरुको अगुवाइमा संकल्प प्रतिष्ठानले डिल्ली गौतम स्मृति प्रतिष्ठान सगँ मिलेर काठमाण्डौ विएम फाउण्डेशनको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको बताँउनुभयो ।
कान्तिपुर डेन्टल कलेज तथा टिचिडं अस्पतालका अध्यक्ष डा ः बुद्धिमान श्रेष्ठले विद्यार्थीको दात,मुख र आखा सम्बन्धी के समस्या छ त्यसको पहिचान गरेर स्स्वास्थ्य शिक्षा दिनु यस शिवीरको उदेश्य रहेको वताउनु भयो ।
विद्यालयका प्रख कर्णबहादुर डाँगीले विशेष कान नसुन्ने सहित २५ सय विद्यार्थीहरु रहेकोमा शिक्षक र विद्यार्थी गरि २ हजार बढिले आँखा, दाँत चेकजाँच तथा औषधि प्राप्त गरेको बताउँनुभयो । यसविचमा विद्यार्थीलाई आँखा र दाँतको हेरचाहका वारेमा समेत आवश्यक ज्ञानसीप प्रदान गरिएको बताइएको छ ।