कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकामा एकसाथ कला, सस्कृति तथा साहित्य महोत्सवमा देशभरका साहित्यकारहरुको जमघट भएको छ ।
तीन दिनसम्म चलेको साहित्य तथा संगित महोत्सवमा ख्यातिप्राप्त कवि कवियत्रीहरुले आआफ्ना रचना प्रस्तुत गर्नुभएको थियो । चर्चित कवि अर्जुन पराजुलीले आफ्ना साना साना चर्चित कविताहरु धारामा पानी आएन देखि लिएर समसामयिक नेताका वारेमा गरिएका तिखो व्यङ्गहरु प्रस्तुत गर्नुभयो । कार्यक्रममा कवियत्री कुन्ता शर्मा, माया मानवीहरुले पोथी बास्नु हुदैन, कविलाई बौलाह बनाइएका घटनाहरुका वारेमा व्यङ्ग कविता प्रस्तुत गर्नुभयो । कवि मनु मञ्जिल,तुलसी दिवश, लक्ष्मण गम्नागे, धीरेन्द्र प्रेमर्सी, शिशिर योगी, कोमलप्रसाद पोखरेल, सुमन स्मारिका लगायातले आआफ्ना कविता र साहित्यिक प्रस्तुत प्रस्तुत गर्नुएको थियो ।
कार्यक्रममा कलाकार हिम्मत नेम्बाङ्ग तथा प्राज्ञ पवन राजवंशीका एकल मुर्तिकला तथा चित्रकला प्रदर्शनी समेत राखिएको कार्यक्रम रोटरी क्लव अफ सुरुङ्गाको आयोजनामा झापाको सुरुङ्गामा सञ्चालनमा आएको हो । यस क्रममा राष्ट्रिय कविहरुको सहभागितामा कविता लेखन प्रशिक्षण, पुस्तक मेला, पुस्तक कलेक्शन, साहित्य गोष्ठी कार्यक्रम समेत सञ्चालन गरिएको थियो भने राष्ट्रिय कलाकार रचना रिमाल र हास्य कलाकार मनोज गजुरेलको समेत प्रस्तुति रहेको थियो । यसप्रकारको कार्यक्रम कनकाईम पहिलोपटक प्रस्तुत गरिरहेको रोटरी क्लव व्यापक जनसर्थनबाट अब आगामी दिनमा समेत यस कार्यक्रमलाई निरन्तता दिने पक्षमा रहेको आयोजक समितिका अध्यक्ष रोटरीयन शिव कडेँलले बतउँनुभयो । कार्यक्रम स्थानीय पशुपति अमावि तथा वाणिज्य संघ कनकाई बहुमुखी क्याम्पस लगायातमा भएको थियो ।