Kanakai Online

बिर्तामोड उवासंघको निर्वाचनमा न्यौपाने बिजयी


बुधवार, फागुन १६, २०८० |

कनकाई अनलाईन
बिर्तामोड उद्योग वाणज्यि संघको अध्यक्षमा लोकतान्त्रकि व्यावसायिक प्यानलका राजु न्यौपाने निर्वाचित हुनुभएको छ ।

मतगणनाको बुधवार अन्तिम मतपरणिाम अनुसार राजु न्यौपानेले २ हजार २२५ मत ल्याएर निर्वाचित हुनुभएको छ ।

उनका प्रतष्पिर्धी स्वतन्त्र व्यावसायकि प्यानलका अर्जुनकुमार मैनालीले १ हजार ५२० मत मात्र प्राप्त गर्नु भयो । न्यौपाने ७०५ मतको अन्तरले बिजयी हुनुभएको हो । न्यौपानेलाई नेपाली काग्रेसको समर्थन रहेको थियो भने मैनालीलाई एमाले, राप्रपा माओवादीको साथ रहेको थियो ।

भएको निर्वाचनमा बहुमतसहति लोकतान्त्रकि प्यानल बिजयी बनेको छ । केही पदमा स्वतन्त्र प्यानलका उम्मेदवारहरु बिजयी भएका छन । भएका छन् ।

१९ सदस्यीय कार्यसमतिकिा लाग िभएको नर्विाचनमा वरिष्ठ उपाध्यक्ष, जनसम्पर्क उपाध्यक्ष, कोषाध्यक्ष, तीन खुल्ला सदस्य र एक महिला सदस्य वाहेक बाँकी १२ पदमा लोकतान्त्रकि प्यानलले वर्चस्व कायम गरेको हो । वरिष्ठ उपाध्यक्ष पदमा स्वतन्त्र प्यानलका राजकुमार घिमिरे राजु १८२६ मतसहित विजयी हुनुभएको छ । त्यस्तै महासचिवमा लोकतान्त्रिक प्यानलका कुशल खतिवडा २११९ मत ल्याएर विजयी हुनुभएको छ । उद्योग उपाध्यक्षमा विशाल थापा २१०३, वाणिज्य उपाध्यक्षम जीवनकुमार खड्का १९२१, जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराई १८६१, उद्योग सचिवमा पुकार बराल १९९५, वाणिज्य सचिवमा राजकुमार शाह १८५५, कोषाध्यक्षमा युवराज निरौला १८८६, सहकोषध्यक्षमा तिलोतमा खत्री १८२७ मतसहित विजयी हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा लोकतान्त्रिकका अनन्तलाल महतो १७६३, रमेश घिमिरे १८०१, दिनेश श्रेष्ठ १६७२, डिल्लीराम कोइराला १५६१, कृष्णप्रसाद बजगाई १६६८ , शत्रुधन गुप्ता १५३० र केदार खनाल १५४५ मतसहित विजयी हुनुभएको छ । त्यस्तै महिला सदस्यमा सुशिलाकुमारी कार्की १७५७, सुष्मा उप्रेती सुवेदी १६९५ मतसहित विजयी हुनुभएको छ । गत फागुन १४ गते भएको निर्वाचनमा ४ हजार ९५ मत खसेको थियो ।

वाणिज्य संघको निर्वाचनमा दुईवटा प्यानल प्रतिष्पर्धामा उत्रिएका थिए । एकातिर नेपाली कांग्रेस र एकीकृत समाजवादीको लोकतान्त्रिक व्यावसायिक प्यानल थियो भने अर्कातिर नेकपा एमाले , राप्रपा , माओवादी केन्द्र , राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी सम्मिलित पाँच दलको स्वतन्त्र व्यावसायिक प्यानल रहेको रहेको थियो ।