कनकाई अनलाईन
नेकपा एमालेको केन्द्रिय सल्लाहकार सदस्य तथा तत्कालिन साविक सुरुङ्गा गाविस वडानम्बर ५ हालको कनकाई ३ का वडाध्यक्ष समाजसेवी बालकृष्ण मैनालीले आफ्नै घरमा झुण्डिएर आत्महत्या गर्नुभएको छ ।
आज बिहान ६ः३० बजेको समयमा कन्काई ३ बस्ने ८० वर्षीय बालकृष्ण मैनालीले झुन्डिएर आत्महत्या गर्नुभएको प्रहरीले जनाएको छ । आफ्नै घरको कम्पाउण्ड वालको अगाडीपट्टी दाहिने साईडको पिल्लरको रडमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डिएर आत्महत्या गरेको फेला पारिएको थियो ।
उनकी श्रीमती राममाया मैनालीले देखेर ईलाका प्रहरी कार्यालय सुरुङ्गामा जानकारी गराउनासाथ प्रहरी टोली खटिगई घटनास्थल सुरक्षित राखिएको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि ईप्रका अनारमनीबाट टोली खटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए ।
हाल मैनालीको शव पोष्टमार्टमकालागी मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ ।घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
उहाँलाई १ दिन पहिले मात्रै डाइरिया भएका कारण उपचारका लागि अस्पताल लगिएको र हाल घरमै आराम गरिरहनुभएको बताइएको छ ।
एमाले पार्टीभित्र समेत निष्ठाका कार्यकर्ताका रुपमा रहनुभएका मैनालीको निधनले सिंगो पार्टीलाई क्षति पुगेको उक्त पार्टीको कनकाई नगर कमिटीले जनाएको छ ।