Kanakai Online

झापाको एम्बुलेन्समा फेला पर्यो ५२ केजी गाँजा


शनिवार, फागुन १२, २०८० |

कनकाई अनलाईन
झापाको हल्दिबारी–१ स्थित मुक्तिघाट समाज सेवाको एम्बुलेन्सबाट प्रहरीले ५२ किलो गाँजासहित १ जना पक्राउ गरेको छ ।

आज धनकुटा सागुरीगढी गांउपालिका ३ बाट मे १ च २०३२ नम्बरको एम्बुलेन्समा शंका लागि चेकजाँच गर्दा धनकुटाबाट सुनसरी तर्फ ल्याउँदै गरेको ५२ किलो अवैध लागूऔषध गाँजा टुल बक्स भित्र लुकाई छिपाई राखिएको अवस्थामा प्रहरीले गाँजा बरामद गरेको हो । गांजा सहित बिराटनगर महानगरपालिका ८ बस्ने जयदेब चन्द्र चेललाई पक्राउ गरेको प्रहरी निरीक्षक होम अधिकारीले बताए ।

बिरामी बोक्ने एम्बुलेन्समा गाँजा तस्करी हुने गरेको खुलासा भएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको र उक्त एम्बुलेन्स र पक्राउ परेका ब्यक्तिलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको छ ।