Kanakai Online

बालसेवा आधारभुत विद्यालय ५० औ बर्षमा


शनिवार, फागुन १२, २०८० |

कनकाई अनलाईन
झापाको शिवसताक्षी नगरपालिका ७ फाक्तेवमा रहेको बालसेवा आधारभुत विद्यालयले आफ्नो स्थापनाको स्वर्ण जयन्ती मनाउने तयारीलाई तीव्र बनाएको छ ।
विद्यालयले आगामी फागुन २४ गतेका दिन स्वर्ण उत्सव मनाउने कार्यलाई तीव्रता दिएको विद्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ । विद्यालयका प्रअ बेनुप्रसाद कार्कीले विद्यालयले यसै क्षेत्रिक सत्रबाट आफ्नै निजि विद्यालय बस खरिद प्रक्रिया समेत अगाडि बढाइसकेको र यसका लागि विद्यालयमा अध्यापन गराउने सम्पुर्ण १६ जना शिक्षक शिक्षिकाले १ महिना बराबरको तलव सहयोग गरेर अभियानको सुरुवात गरिसकेको जानकारी दिनुभयो ।


स्वर्ण महोत्सवको उदघाटन झापा क्षेत्र नम्बर ४ का माननीय सांसद एलपीसाँबा लिम्बुबाट हुने समेत जानकारी गराइएको छ । विंस २०३० सालबाट स्थापना भएको यस विद्यालयले आफ्ना विद्यालयका पुर्व अध्यक्षहरु तथा शिक्षकहरुलाई सम्मान तथा स्कुल बस खरिद तथा अक्षयकोष दाताहरुलाई सम्मान लगायातका कार्यक्रमहरु राखिएको प्रअ कार्कीले बताउँनुभयो । यता संञ्चारकर्मी समेत रहनुभएका विद्यालय व्यावस्थापन समितिका अध्यक्ष गोविन्द ल्वागुनले विद्यालयले आफ्नो स्वर्ण महोत्सवको तयारी प्राय अन्तिम चरणमा पुर्याएको बताउँदै विभिन्न उपसमिति निर्माण लगायातका कामहरु सम्पन्न गरिसकिएको बताउँनुभयो ।
स्थानीय अभिभावकहरुको साथ र माग बमोजिम विद्यालयमा कक्षा नर्सरी देखिनै पुर्णतय अंग्रेजी माध्यमबाट पठनपाठन गरिदै आएको बताउँदै अध्यक्ष ल्वागुनले अब स्कुल बसको माध्यमबाट टाडाका विद्यार्थीमा समेत स्कुलको पहुच पुग्ने विश्वास व्यक्त गर्नुभयो । विद्यालयले ५ हजार भन्दा माथिको रकम सहयोग गर्ने सबैलाई सम्मानको कार्यक्रम राखिएको समेत जानकारी अध्यक्ष ल्वागुनले दिनुभयो ।

विद्यालय शिवसताक्षीको डुँडामारीबाट ३ किलोमिटर दक्षिणको दुरीमा रहेको छ । भने विद्यालयले कक्षा १ मा लिम्बु भाषाबाट समेत पठनपाठन सुरु गरिरहेको छ ।
पत्रकार सम्मेलनमा विद्यार्थी मञ्चका फणिन्द्र चेम्जोङ्ग, जसकुमार तामाङ्ग लगायातले पत्रकारले सोधेका प्रश्नका उत्तर दिनुभएको थियो ।