Kanakai Online

झापागाउँपालिकामा कुन्युमा आगलागी हुँदा जलेर बालकको मृत्यु


शुक्रवार, फागुन ११, २०८० |

कनकाई अनलाईन

झापा गाउँपालिका ४ स्थित भामटोलीमा आगलागी हुँदा एक बालकको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका–४ स्थित भामटोली निवासी इनाम हुसैन सेखका साढे ४ वर्षको छोरा अतिप हुसैन रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताउँनुभयो ।

शुक्रबार दिउँसो साढे ४ बजेको समयमा इनामको घर नजिकैको परालको कुन्यूमा आगलागी भएको थियो । सो आगो सल्किएर इनामको एक तले टिनको छानो भएको कच्ची घरमा आगो लागेको थियो । उनको छोरा अतिप आगो लागेको नजिकैको मस्जिद र परालको कुन्यूको चेपमा खेलिरहेका थिए । बालक आगोको चपेटा पर्दा घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक गिरीले बताउँनुभयो । आगो भद्रपुर र बिर्तामोडको दमकल, स्थानीय, नेपाल प्रहरी र सशस्त्रको सहयोगमा नियन्त्रणमा लिएको छ ।